अब लाइनमा नबसी एसएमएसबाटै तेलको बुकिङ (तरिकासहित) - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, December 18, 2015

अब लाइनमा नबसी एसएमएसबाटै तेलको बुकिङ (तरिकासहित)

नेपाल आयल निगमले अब तेल वितरणको जानकारी र व्यवस्थापन एसएमएसबाट गर्ने भएको छ। एसएमएसबाटै तेल भर्न लाइन बस्न नपर्ने गरी ‘एसएमएस क्यु  सिस्टम’ लागू गर्ने भएको हो। 
  
पहिलो चरणमा निजी कार तथा जीपलाई तेल वितरण गर्दा ‘ एसएमएस क्यु सिस्टम’ लागू गरिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सेतोपाटीलाई जानकारी दिए। यो प्रणाली करिब एक हप्तापछि कार वा जीपलाई तेल वितरणको तालिका सार्वजनिक भएपछि मात्रै लागू हुने पनि उनले बताए।
 
वाणिज्य तथा आपूर्तिमन्त्रीले गणेशमान पुनले पेट्रोलियम पदार्थ वितरणमा कालोबजारी भएको गुनासो आएपछि एसएमएस प्रविधि ल्याउने तयारी गरेको बताएका थिए। 
 
उपभोक्ताले मोबाइलबाट एसएमएसबाटै आफुले कुन दिन, कुन पेट्रोल पम्पबाट, कति नम्बरको पालोमा तेल पाउने भन्ने जानकारी पाउन सकुन् भनेर यो सिस्टम विकास गरिएको निगमले बताएको छ। मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेका अनुसार यसका लागि नेपाल टेलिकमसँग ११११ नम्बर पनि लिइएको छ। यसबाट प्रति एसएमएसमा सरदर ६ रुपैयाँ पर्ने र अन्य कम्पनीको पनि प्रयोगकर्ता भएकाले एनटिसीसँग छलफल भइरहको उनले बताए।
 
तर मन्त्रालयले उपभोक्ताका लागि भने विना शूल्क यो सेवा दिन लागेकोले केही समय ढिला हुन गएको जनाएको छ।
 
कसरी काम गर्छ यो प्रणालीले? कसरी अनुरोध गर्ने?
निगमका अनुसार ‘एसएमएस क्यु  सिस्टम’ का शर्त तथा वन्देजहरु यसप्रकार छन्ः
 
१) उपभोक्ताले ब्लु बुक, सवारीसाधन र SMS मा उपलब्ध उपभोक्ता कोड अनिवार्य ल्याउनु पर्नेछ ।
२) ब्लु बुक नं. भन्नाले ब्लु बुक छाप्दाको कालोमसीयुक्त पहिचान अंक बुझिनेछ ।
३) इन्धन लिन उपभोक्तालाई बोलाइएको समयावधिको २ घण्टा भित्र सम्बन्धित पेट्रोल पम्पमा आइपुग्नुपर्नेछ ।
४) उपभोक्ताले एउटा Request पठाएर System ले Accept गरेपछि निश्चित अवधिसम्म पुनः Queue गर्न सक्नुहुने छैन । एउटा Request Cancel गरेपछि मात्र अर्को Request गर्न सकिनेछ । अवधि नियमले तोके बमोजिम हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages