एकै क्लिकमा यूट्युवको भिडियो यसरी डाउनलोड गर्नुस् - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, August 29, 2015

एकै क्लिकमा यूट्युवको भिडियो यसरी डाउनलोड गर्नुस्

एकै क्लिकमा यूट्युवको भिडियो यसरी डाउनलोड गर्नुस्
फेसबुक च्याटमा धेरैले सोध्ने प्रश्न :  यूट्युबको भिडियो सजिलैसँग डानलोड कसरी गर्नेे ? सफ्टवेयर बिनै डाउनलोड गर्ने सजिलो तरिका छ ? हेडलाइनमा एकै क्लिक भनिएतापनि जम्माजम्मी दुई क्लिकमा यूट्युवको भिडियो डाउनलोड गर्न सकिन्छ ।
यो कुनै नयाँ टिप्स हैन तरपनि भिडियो डाउनलोड गर्न चाहने तर तौलतरिका थाहा नपाएर झन्झट ब्यहोरिरहेका इन्टरनेट प्रयोगकर्तालाई उपयोगी हुनसक्छ ।
यूट्युबमा डाउनलोड गर्नुपर्ने भिडियोलाई क्लिक गर्नुस् । उदाहरणको लागी यो भिडियो डाउनलोड गर्दैछु ।
डाउनलोड गर्नुपर्ने भिडियोको युआरएल लिकंको एचटिटिपीएसदेखी (https://www.) डब्लुडब्लुडब्लुडटसम्मलाई हटाएर त्यसको ठाउँमा दुईपटक एस (ss) टाइप गर्नुस् । जस्तै यस्तो :
how to download video with in single click
डबल एस टाइप गरिसकेपछि इन्टर गर्दा सो भिडियो अर्को साइट सेभफ्रम डटनेटमा जम्प भएको पाउनुहुनेछ ।
how to download video withon single click3
कुन क्वालिटीमा भिडियो डाउनलोड गर्न चाहनुहुन्छ ? सो छनोट पश्चात दोश्रो अर्थात अन्तिम क्लिक गरेपछि भिडियो डाउनलोड हुन सुरु हुन्छ । यसरी :
how to download video withon single click4

यो पनि थाहा पाइराख्नुस् : के यूट्युबको भिडियो बैधानिक रुपमा डाउनलोड गर्न मिल्छ ?
ब्यक्तिगत प्रयोजनाको लागि मात्रै हो भने भिडियो डाउनलोड गर्न सक्नुहुन्छ । जस्तो: भिडियो डाउनलोड गरेर हेर्ने /सुन्न मात्रै हो भने कुनै समस्या हुदैन । तर, भिडियो डाउनलोड गरेर ब्यवसायीक प्रयोजनको लागि प्रयोग गर्न चाहनुहुन्छ । जस्तै हल्का तोडमोड गरेर वा जस्ताको त्यस्तै  पुर्न: यूट्युबमा अपलोड गरियो भने चै गुगलले समात्छ र त्यसको सजाय पनि इन्टरनेटबाटै पाइन्छ ।
सजायहरुमा :
भिडियो अपलोड गर्न प्रयोग गरिएको एकाउण्टलाई सस्पेन्समा राख्नेदेखी आइन्दा सो नाम तथा इमेल आइडीबाट कुनै पनि भिडियो अपलोड गर्न नमिल्ने सजाय हुन सक्छ ।
सो एकाउण्ट लगइन गरेर भिडियो हेर्दैगर्दा लाइक, डिसलाइक तथा कमेन्ट समेत गर्न नमिल्ने नमिल्ने हुनसक्छ ।
यूट्युवमा गरिएको बदमासीले गुगल एकाउण्ट नै बन्द पनि हुनसक्छ त्यसको प्रतक्ष्य असर जिमेल लगायतमा भएका भर्चुअल प्रपटी गुम्ने खतरा हुन्छ भने जिमेल एकाउण्टबाट खोलिएका अन्य एकाउण्टमा समेत प्रतक्ष्य असर पर्न सक्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages