वीरगञ्जमा प्रहरीको गोलीबाट सात जना घाइते, झडप जारी - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, August 31, 2015

वीरगञ्जमा प्रहरीको गोलीबाट सात जना घाइते, झडप जारी

रौतहट- आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमण गर्न खोजेपछि प्रहरीले रबरको गोली चलाएको छ। रबरको गोली लागेर दुइ दश वर्षीय बालकसहित सात प्रदर्शनकारी  घाइते भएका छन्। रबरकाे गाेली लागि दश वर्षीय बालकद्वय इरफान अन्सारी र मुन्ना यादव घाइते भएकाे प्रहरीले जनाएकाे छ।
अन्सारीकाे टाउकाे र यादवकाे खुट्टा र निधारमा गाेली लागेकाे छ । यसैगरी  गाेलीलागि मनाेज यादव, अनवर अवारी, मनाेज महताेलगायत घाइते भएकाे नारायणी अंचल अस्पतालमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिक झाले जानकारी दिए । उनका अनुसार नगवा-१० का कृष्ण पटेल घाइते भएको र उनको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको बताइएको छ। उनको टाउको र हातमा रबरको गोली लागेको बताइएको छ।आइतबार राति वीरगञ्ज भन्सार कार्यालयबाट प्रहरीले मालबाहक गाडीहरु स्कर्टिङ गरेर लैजाँदै गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा पर्साका जितेन्द्र पटेल, राजेमान सिंह, रञ्जित यादव, मोहम्मद सर्खुद्धिन मिया, परमेश्वर साहलगायत १२ जना घाइते भएका छन्।

आन्दोलनकारीलाई कुटपिट गरेको भन्दै वीरगञ्जको नगवास्थित प्रहरी चौकीमा उनीहरुले आक्रमण गर्न खोजेका हुन्। सो क्रममा प्रहरीले दस राउन्ड रबरको गोली र सोही संख्यामा टियर ग्यास चलाएको फायरिङ गरेको अञ्चल प्रहरी प्रमुख मनोज न्यौपानेले बताए। प्रदर्शनकारीले बीरगंजकाे घन्टाघरमा रहेकाे दुरूसंचार कार्यलयमा ताेडफाेड गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages