अर्को महिना चन्द्रमा 'रक्त चन्द्र' को स्वरूपमा परिवर्तन हुदै - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, August 31, 2015

अर्को महिना चन्द्रमा 'रक्त चन्द्र' को स्वरूपमा परिवर्तन हुदै

अर्को महिना चन्द्रमा 'रक्त चन्द्र' को स्वरूपमा परिवर्तन हुदै

भदौ १३, २०७२, के तपाइलाई थाहा छ ? अर्को महिना सेप्टेम्बर २८ तारिकको दिन अर्थात नेपाली मिति अनुसार असोज ११ गते सोमबारको दिनमा यो बर्षको सबैभन्दा अध्यारो चन्द्रमा देख्न पाईने भएको छ ।

यो दिन चन्द्रमा अरु सामान्य बेलाभन्दा पृथ्वीबाट सबैभन्दा नजिकको दुरीमा आउनेछ । यसले गर्दा चन्द्रमा एकदमै सेतो चम्किलो रुपमा चम्किनेछ । केटाकेटीहरुको भाषामा यो सुपरमुन हो ।

यो सुपरमुन अर्थात ठूलो चन्द्रमा सोही दिनको करिव ४ः३० बजे बिहान लगभग डेढ घण्टाको समयसम्म चन्द्र ग्रहणको कारण यसको स्वरुपमा परिर्तन आउनेछ । यतिखेर चन्द्रमा पृथ्वी र सूर्यकोे ठीक बिचमा पर्ने भएकोले  सूर्यको किरण पृथ्वीम घुमेर पर्ने भएकोले रगतको स्वरुपमा चन्द्रमा परिवर्तन हुने छ । 

यद्यपी यो चाँही यो बर्षमा चौथो पटक हुदैछ । चन्द्रमा रगतम परिवर्त हुनु चाँही क्रिश्चियन बिश्वासीहरुको लागि अलगै अर्थ राख्छ । यो चाँही प्रभु येसू ख्रिष्ट फेरी पृथ्वीमा फर्केर आउने घटनाको पूर्व संकेत हो । जुन घटनाको उल्लेख बाइबलमा प्रकासको पुस्तकमा बर्णन गरिएको पाईन्छ । चन्द्रमा यसरी रगतमा परिवर्तन हुनु पृथ्वीको अन्त्य पूर्व आउने माहासंकष्ट समयको संकेत पनि हो । 

बैज्ञानिकहरका अनुसार चन्द्रमा पृथ्वीको नजिक आउदा यसले समुन्द्रको नियमित ज्वारभाटा उत्पन्न गर्ने प्रकृयामा असर पार्दछ । यसरी चन्द्रमा नजिक हुदा समुन्द्रमा अझ अग्ला र शक्तिशाली ज्वारहरु निस्कन्छन ।

यो घटना ग्रहणको कारण हुने भए पनि धेरै क्रिश्चियन बिश्वासीहरुको लागि त्यति राम्रो चिन्ह होइन । उनीहरु पृथ्वी पापको चरम अवस्थाम पुगेको यसपछि येसू फेरी बिश्वासीहरुलाई लिन र न्याय गर्न फर्केर आउने घटनासँग सम्वन्धित कुरासँग यसलाई लिन्छन । यो समाचार याहु डटकमबाट  सारमसमा अनुबाद गरेर लिएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages