गोरेले लिए सुन तस्करीमा संलग्न अन्य व्यक्तिको नाम - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, May 22, 2018

गोरेले लिए सुन तस्करीमा संलग्न अन्य व्यक्तिको नाम



८ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत नाम लिएका छन् ।

प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेले प्रकरणमा प्रतिवादी बनाइएका ६५ जना बाहेक अन्य व्यक्तिको बारेमा समेत मुख खोलेको जनाएको हो ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक ईश्वरप्रसाद पौडेलले भने, ‘उप्रेतीसँग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रवितादी बनाइएका ६५ जना अभियुक्तहरुको कसुरलाई पुष्ट्याइँ गर्ने प्रमाण र तथ्य दिएका छन् । त्यसबाहेक अन्य व्यक्तिहरुको पनि सूचना प्राप्त भएका छ ।’
‘उप्रेतीबाट प्राप्त सूचनालाई हामीले सुक्ष्म अनुसन्धान र विश्लेषण गरिरहेका छौं’, पौडेलले भने । पक्राउ परेका गोरेलाई मंगलबारै जिल्ला अदालत, मोरङ पेश गर्ने तयारी गरिएको छ ।
‘उनको स्वास्थ्य परीक्षणपछि आजै बिराटनगर लगिनेछ’, समितिका एक सदस्यले भने ।
‘गहिराइका साथ अनुसन्धान जारी राख्छौं’
पौडेलले करिब ३८ क्वीन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको अनुसन्धान भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने बताए ।
उनले अनुसन्धान जेरी जस्तै जेलिएको भन्दै हरेक जेरीलाई सेलरोटी जस्तो छुट्टयाउँदै जानु पर्ने भएको बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages