यातायात व्यवसायीको सबै आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग ५ बुँदे सहमति - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, May 7, 2018

यातायात व्यवसायीको सबै आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग ५ बुँदे सहमति



काठमाडौं–यातायात व्यवसायी महासंघको पूर्वघोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकार र यातायात व्यवसायीबीच  भएको छलफलबाट ५ बुँदे सहमति भएसँगै यातायात व्यवसायी महासंघले यसअघि  घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । 
५ बुँदे सहमतिमा यातायात व्यवसायी सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्न सहमत भएका छन् । 
यस्तै यातायात क्षेत्रलाई व्यवस्थित  तथा प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशीघ्र राय परामर्श दिन  सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने पनि समझदारी भएको छ । 
यस्तै एउटामात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानून अनुसार पाउने समझदारी हुनुका साथै सर्वोच्च अदालतको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया पनि सरकारले अघि बढाउने सहमति भएको छ । 
भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुबीर महासेठको उपस्थितिमा आइतबार मन्त्रालय र यातायात व्यवसायी महासंघबीच भएको छलफलबाट सो सहमति भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

Source : ratopati

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages