आफैंले गोली हान्न लगाएको प्रहरी अनुसन्धानपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, May 7, 2018

आफैंले गोली हान्न लगाएको प्रहरी अनुसन्धानपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं– विराटनगरमा  गोली लागेर घाइते भएका  धर्मगुरु श्रीनिवासाचार्य पक्राउ परेका छन् । 
श्रीनिवाचार्य भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट  सोमबार पक्राउ परेका हुन् । स्रोतका अनुसार दुई सहयोगीले उनलाई विमानस्थलमा पुर्याएर फर्किएपछि उनी विमानस्थलभित्रबाट पक्राउ परेका हुन् । 
गोली प्रहारको घटना उनी आफैंको योजनामा घटाइएको अनुसन्धानबाट खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनले हिन्दुराज्यको पक्षमा लबिङ गर्दै आएका छन् ।
तर, केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको श्रीनिवासाचार्यले प्रहरीलाई बयान  दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए ।
उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ । 
  पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीपनि पक्राउ परेका छन् । 
उनीमाथि चैत २४ गते मोरङमा गोली प्रहार भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages