काभ्रेमा विमानस्थल बन्ने, मन्त्रीद्वारा संभावित ठाउँको अध्ययन - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, May 2, 2018

काभ्रेमा विमानस्थल बन्ने, मन्त्रीद्वारा संभावित ठाउँको अध्ययन





काभ्रे जिल्लामा आन्तरिक विमानस्थल बन्ने भएको छ। राजधानीमा बढ्दै गएको उडानको चापलाई मध्यनजर गर्दै वैकल्पिक व्यवस्थास्वरुप काभ्रेमा विमानस्थल बनाउनका लागि संभाव्यता अध्ययन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्रअधिकारी तथा नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुले मंगलबार विमानस्थलका लागि संभावित ठाउँको अध्ययन गरेका छन्।
नागिडाडाँ, चिसापानी ठूलीचौर र ठूलीचौरको अध्ययन गरेपछि मन्त्री अधिकारीले १५ दिनभित्र विमानस्थल बन्ने ठाउँको टुङ्गो लगाइने जानकारी दिए।
कम लागतमा चाँडो निर्माण हुने संभावित ठाउँमा विमानस्थल बन्ने उनले बताए। उनका अनुसार प्राविधिक विज्ञसहितको टोलीले अध्ययन गरेर मात्रै ठाउँको टुंगो लगाइनेछ।
विमानस्थल बनाउने ठाउँका सम्वन्धमा स्थानीयको भने आ–आफ्नै दावी छ। आफूलाई अनुकुल हुनेगरी स्थानीयले विमानस्थल बनाउनुपर्ने माग गर्दै आएका छन्।
नागिडाँडा बनेपामा पर्दछ भने चिसापानी ठूलीचौर र ठूलीचौर धुलिखेलनजिक पर्दछ। काभ्रेमा विमानस्थल बनेपछि राजधानीमा आन्तरिक उडानको चाप व्यवस्थित हुने विश्वास लिइएको छ।
Source: setopati

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages