कुन समितिको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, May 3, 2018

कुन समितिको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची

Related image
२१ वैशाख, काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।
सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका बिभिन्न रुटमा गाडी चलाउने व्यवस्था मिलाएको जनाएको छ ।
विभागका प्रवक्ता तुलसीराम अर्यालले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा साझा, मयुर, शुुभकामना, अन्नपूर्ण र बज्रबाराहीका बस चलाउने व्यवस्था मिलाइएको छ ।
यसअघि धनगढी–काठमाडौं रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाडौंभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ ।
कुन रुटमा कुन गाडी चल्दैछन् ?
इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस ।
सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट रुट– बुलबुले, देउती र नागरिक यातायातका बस ।
काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस ।
काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस ।
रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस ।
रुकुम–काठमाडौं– रुकुम यातायात प्रालिका बस
कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस ।
बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस
अर्घाखाँची–बुटवल– लंका यातायातका बस
काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस ।
दाङ–काठमाडौं– मालिका कालिका र सहारा यातायाका बस
काठमाडौं, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस ।
काठमाडौं–जनकपुर– चुरिमाई यातायात ।
सर्लाही–जनकपुर– रातुकमला ।
भक्तपुर–काठमाडौं– शुुभकामना यातायात ।
Source :Onlinekhabar

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages