सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, May 3, 2018

सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस

Image result for nepal bus park
२० वैशाख, काठमाडौं । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो ।
महासंघले भोलि सांकेतिक रपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी भोलि सडकमै भेटिने भएकाले आजैबाट गाडी रोकिएको हो ।
‘आज ढिला छुट्ने बस राति नै गन्तब्यमा पुग्दैनन् । त्यसो हुँदा भोलिको बन्द प्रभावकारी हुँदैन । त्यसैले आज मध्यान्हपछि समितिहरुका बस छुट्दैनन्,’ उनले भने,’नाइट बसहरु चल्दैनन् ।’
नयाँबसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिकाअनुसार विहान १ सय २० वटा बस विभिन्न लामो गन्तब्यका लागि छुटेका छन् । लोत्सेका व्यवस्थापक पंकज मल्लले केही मितिहरुले काउन्टर बन्द गरेको र केही बन्द गर्ने तयारीमा रहेको लागेको जानकारी दिए ।
मल्लले आफूहरुले समितिहरुलाई सेवा सुचारु राख्न अनुरोध गरिरहेको जानकारी दिए ।
‘बस एकातिर छ । ड्राइभर एकातर्फ छन् । काउन्टर बन्द भएका छन्,’ उनले भने,’भोलिको बन्दका लागि आजैबाट बाहिर जाने बस रोकिएका छन् ।’
Source: onlinekhabar

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages