भैरहवामा स्थिति नियन्त्रणबाहिर, ८ बजेदेखि कर्फ्यू लगाउने तयारी - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, August 20, 2015

भैरहवामा स्थिति नियन्त्रणबाहिर, ८ बजेदेखि कर्फ्यू लगाउने तयारी

भारतीयहरू पनि आन्दोलनमा सहभागी
संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिको बन्दले भैरहवाको स्थिति तनाबग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ। मोर्चाले आव्हान गरेको तराई बन्दको कारण बिहीबार रुपन्देहीको भैरहवा क्षेत्रमा प्रहरी र आन्दोलनकारीको झडपले दिनभर तनावग्रस्त बन्यो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु ढकालका अनुसार बिहीबारको आन्दोलन अराजक बन्दै गएको र यस्तो प्रवृत्तिले शान्ति सुव्यवस्थामा खलल पुर्‍याउन सक्ने भएकोले राति ८ बजेदेखि कर्फ्यू लगाउने तयारी गरिएको छ।
बिहीबार बिहानैदेखिको आन्दोलनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई पनि हम्मे हम्मे परेको छ। गाउँगाउँबाट मधेशी मोर्चामा आवद्ध कार्यकर्ता सँगै भारतीय नागरिक समेत आन्दोलनमा आएको स्रोतले सेतोपाटीलाई बतायो।
भारतबाट आई नेपालमा अशान्ति मच्चाउने तथा अराजकता फैलाउने कार्यमा संलग्न ४०/५० जनाको समूहलाई लखेटेर भारतीय सिमा पार गराईएको एक प्रहरी अधिकृतले सेतोपाटीलाई भने।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages