भैरहवामा गोली चल्यो, केही प्रदर्शनकारी घाइते - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, August 20, 2015

भैरहवामा गोली चल्यो, केही प्रदर्शनकारी घाइते

रुपन्देही, भदौ ३ – संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ ।
radhe 5
आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको स्थिति तनावपूर्ण बनेको हो । बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् ।

आन्दोलनकारीले भैरहवाको सिटी हस्पिटलसहित आधा दर्जनभन्दा बढी होटल र बसमा तोडफोड गर्नुका साथै मोटरसाइकल जलाएका छन् । उनीहरुले भैरहवाको कासी सिनेफेलेक्स, नान्स होटल, होटल क्यास्टललगायतका होटलका सिसा फोडिदिएका छन् । त्यसैगरी रुपन्देहीको बेलहियामा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
बन्दकर्ताले बेलहियाका स्थानीय व्यवसायीहरुका सामान तोडफोड गर्न खोजेपछि स्थिति सामान्य बनाउन चारवटा अश्रु ग्यास र दुईवटा रबर बुलेट प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनमा दुईजना गम्भीर र ४÷५ जना सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ । बेलहियामा अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । रासस

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages