क्यानडा, ब्राजिल र जोर्डनबाट नेपाली कामदारको माग - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, August 19, 2015

क्यानडा, ब्राजिल र जोर्डनबाट नेपाली कामदारको माग

ध्यान नदिदाँ न्युजिल्याण्डको कोटा गुम्यो
नेपालमा क्यानडा, ब्राजिल, जोर्डनलगायतका देशहरुबाट नेपाली कामदारको माग आएको छ।  ती देशहरुले श्रम सम्झौता गर्न लागि नेपाल सरकारसँग पत्राचार गरेको श्रम विभागका महानिर्दैशक भरत सुवेदीले जानकारी दिए। 
 
क्यानडा र ब्राजिलले कामदार माग गरेको बताउँदै महानिर्देशक सुवेदीले जोर्डन टोली भोलि नेपाल आइपुग्ने जानकारी दिए। क्यानडा र ब्राजिलबाट कृषिका लागि नेपाली कामदारको माग आएको उनले सुनाए। साथै उनले समयमै ध्यान नदिदाँ न्युजिल्याण्डबाट आएको  नेपाली कामदारको कोटा गुमेको उनले बताए ।
 
'२ सय जनाका लागि न्युजिल्याण्डले नेपाली कामदार माग गरेको थियो, म्यानपावर कम्पनीहरुले पनि त्यता ध्यान दिएनन्' उनले भने 'सरकारी निकाय पनि मौन बस्दा कोटा गुम्यो।' 
 
इजरायलसँग कामदार लैजाने विषयमा सम्झौता भएको भन्दै उनले १ वर्षभित्र २० वटा देशसँग श्रम सम्झौता गर्ने जानकारी दिए। सरकारले न्युनतम लागतमा नेपाली कामदार पठाउने निर्णयले कामदारको कोटा गुम्छ भन्नु तर्कपूर्ण कुरा नभएको उनले बताए।
 
सरकारले गत असार २१ गतेदेखि न्युनतम लागतमा नेपाली कामदार विदेश पठाउने निर्णय लागू गरेको छ। धेरै निर्णय लागु हुदाँ कामदारको कोटा गुम्छ भनेका थिए। तर पछिल्लो समय सरकारी निर्णयले कामदारको कोटा नघट्ने पुष्टि भएको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बताए।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages