उद्घाटन खेलमा भूटान ३-१ले पराजित
पहिलो साफ यु-१९ फूटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालका कप्तान विमल घर्तीमगरको ह्याट्रिकसँगै भूटानलाई ३-१ले हराएको छ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा नेपालका लागि दशौं मिनेटमा कप्तान विमल घर्तीमगरले गोल गर्दै अग्रता दिलाएका थिए। तर नेपालको अग्रता एक मिनेट पनि टिक्न सकेन।
११औं मिनेटमा भूटानका सोनाम तोग्बेले गोल फर्काएका थिए।
२८ औं मिनेटमा अर्को गोल थप्दै नेपाललाई २-१ अग्रतामा ल्याइपुर्याएका विमलले ६१ औं मिनेटमा ह्याट्रिक पुरा गरेका हुन्।
उनले खेलको ६१ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका छन्। तर, ७३ औं मिनेटमा पाएकव पेनाल्टीमा भने विमलले गोल गर्न सकेनन्। उनको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो।
भोलि माल्दिप्स र अफगानीस्तानबीच खेल हुनेछ।
समूह 'ए' मा आयोजक नेपाल सहित भूटान र बंगलादेश तथा समूह 'बी'मा माल्दिप्स, भारत र अफगानीस्तान छन्।दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तानले भने प्रतियोगितामा भाग लिएका छैनन्।
प्रत्येक समूहका शिर्ष दुई टोलिले सेमिफाइनल खेल्न पाउने छन्।
No comments:
Post a Comment