तराईका बाइस जिल्लामा ६ दिने आमहडतालको घोषणा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, August 11, 2015

तराईका बाइस जिल्लामा ६ दिने आमहडतालको घोषणा


दाङ : थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ । साउन २७ गते बुधवारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो । 
 
थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ । 
 
कञ्चनपुरदेखि चितवनसम्मको भूभाग थारु प्रदेश हुनुपर्ने मागसहित कैलाली तथा कञ्चनपुरमा चलिरहेको थारु आन्दोलनको समर्थनमा उक्त आमहडतालको आयोजना गरिएको केन्द्रीय संघर्ष समितिका सदस्य तथा पूर्वसभासद् इन्द्रजीत थारुले जानकारी दिए ।
 
 थारुका अनुसार आमहडतालमा यातायात, शिक्षणसंस्था, व्यापार–व्यवसाय, कलकारखाना सबै बन्द रहने छ । सिमाङ्कनको क्रममा थारुहरुको अस्तित्व नै समाप्त हुनेगरी प्रदेशहरुको विभाजन गरिएको भन्दै थारुहरुले आमहडतालको घोषणा गरेको उनको भनाई  छ ।
स्राेत ःwww.annapurnapost.com/

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages