लिम्बुवान माग्दै पूर्वका ९ जिल्ला बन्द - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, August 12, 2015

लिम्बुवान माग्दै पूर्वका ९ जिल्ला बन्द

                                       जनजीवन कष्टकर
धरानः संघीय लिम्बुवान पार्टी नेपालले पूर्वी नेपालको अरुण सप्तकोसी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै बन्‍द आह्‍वान गरेको छ। 
 
बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ। लिम्बुवान राज्य दाबी गरिएको नौ जिल्लाका लगायत उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र भोजपुर जिल्लासहितको १ नम्बर प्रदेशको अवधारण सार्वजनिक गरेपछि लिम्बुवान राज्यका लागि बन्द आह्‍वान गरिएको हो। 
 
बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा जिल्लाको जनजीवन कष्टकर बनेको छ। बन्दले यहाँका शैशिक संस्था, कल-कारखाना, सार्वजनिक तथा नीजी यातायातका सावारी-साधन बिहानैबाट खुलेका/चलेका छैनन्। 

 लिम्बुवान राज्यको माग गर्दै धरान बजार बन्द गराउदै हिडेका लिम्बुवानका कार्यकर्ता। 
लिम्बुवान कार्यकर्ताहरु एकाबिहानै सडमा निस्किएर बजारबन्द गराउँदै चोक-चोकमा भेला भएका छन्। उनीहरुले यातायातका साधन चल्‍न दिएका छैनन्।  पूर्वका मुख्य बजारहरु, धरान, इटहरी, बिर्तामोड, दमक, काकडभिट्टा बजार पूर्ण रुपमा ठप्‍प भएका छन्। 
 
यातायातका साधन नचलेपछि गन्तव्यमा हिडेका हजारौ सर्वसाधारण बीच बाटोमै अलपत्र परेका छन्। ऐतिहासिकताका आधारमा अरुण सप्तकोसी पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा जिल्लालाई लिम्बुवान राज्य घोषणा गरिनुपर्ने भन्‍दै लिम्बुवान दाबी गरिएका जिल्ला बन्दको घोषणा गरिएको संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय  अध्यक्ष कुमार लिङ्देनले बताए। 
 
उनले भने, 'लिम्बुवान राज्य माग गरिरहेको अवस्थामा सत्तारुढ दलहरु कांग्रेस, एमाले र प्रतिपक्षमा रहेको एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्‍य नेताहरुको सहमतिमा थप ५ जिल्ला थप गरेर १ नम्बर प्रदेशको अवधारण ल्याउनु स्वागत योग्य छ, तर प्रदेशको नामाङ्‌कन गर्दा लिम्बुवान राज्य हुनुपर्छ।' लिङ्देनले सोही घोषणा गराउन दबाद दिने उदेश्यले लिम्बुवान बन्दको आह्‍वान गरिएको अन्‍नपूर्णलाई बताए। 

स्राेत ः अन्नपु्र्ण पाेस्ट

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages