मधेसीको सुरक्षामा भारतीय गृहमन्त्रीको गम्भीर चासो/ 'नेपालका मधेसीहरु भारतीय हुन् !' - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, August 31, 2015

मधेसीको सुरक्षामा भारतीय गृहमन्त्रीको गम्भीर चासो/ 'नेपालका मधेसीहरु भारतीय हुन् !'

फोटो :एजेन्सी
नेपालका मधेसीहरु भारतीय हुन् ?
काठमाडौं : भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तरार्इ मधेसमा बस्दै आएका भारतीयको सुरक्षाप्रति गम्भीर चासो ब्यक्त गरेका छन् ।

नेपालमा जारी राजनीतिक अस्थिरतका कारण यहाँका भारतीयहरु असुरक्षित रहेको इंगित गर्दै गृहमन्त्री सिंहले उनीहरुको सुरक्षामा भारतको विशेष चासो रहेको स्पष्ट पारेका हुन् ।

उनले नेपालमा रहेका करिब एक करोड भारतीयको सुरक्षाको विषयलार्इ भारत सरकारले नजरअन्दाज गर्न नसक्ने पनि बताएका छन् ।

इन्डिया टुडेको अनलाइन संस्करणमा आइतबार प्रकाशित समाचार अनुसार गृहमन्त्री सिंहले नेपालमा केही समययता जारी राजनीतिक अस्थिरताले भारतीयहरु जोखिममा रहेको बताएका हुन् ।

'मधेसमा देखिएको समस्या नेपालको आन्तरिक मामिला हो, तर नेपालमा बस्दै आएका भारतीयहरुको सुरक्षामा हाम्रो चासो छ', सिंहले नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशस्थित महाराजगञ्ज जिल्लाको भ्रमणका क्रममा पत्रकारसँग भनेका छन् ।

महाराजगञ्ज जिल्लामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का लागि बन्न लागेको भवन शिलान्यासका क्रममा सिंहले उत्तर प्रदेशसँग सीमा जोडिएका नेपालका जिल्लामा भइरहेका अपराधिक घटनामा पनि विशेष चासो राखेका छन् ।

नेपालका मधेसीहरु भारतीय हुन् ?

राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको सुरक्षामा चासो ब्यक्त गरेको सोही समाचारमा नेपालका मधेसीहरु भारतबाट वर्षौंअघि बसाइँ सरेर नेपाल आएको दाबी गरिएको छ ।

'मधेसीहरु भारतीय हुन्, उनीहरु वर्षौंअघि बसाइँ सरेर नेपाल गएपछि त्यहाँको नागरिकता लिए', इन्डिया टुडेमा पत्रकार पियुष श्रीवास्तव लेख्छन्, 'उनीहरुलार्इ नेपालबाट लखेट्न केही राजनीतिक दल र सशस्त्र समूहरुले गरी आक्रमण गरिरहेका छन् । त्यहीकारण मधेसीलार्इ भारतीय जनता पार्टीले लामो समयदेखि सहयोग गर्दै आएको छ ।'
इन्डिया टुडेले नेपाल सरकारविरद्ध परिचालित हुन मधेसीहरुलार्इ भारतीय जनता पार्टीकै एक सभासद्ले सघाइरहेको पनि उल्लेख गरेको छ । 'गोरखपुरबाट निर्वाचित भाजपका सांसद् तथा गोरक्षनाथ मन्दिरका महन्त योगी आदित्यनाथले नेपाल सरकारविरुद्धको आन्दोलमा मधेसी दललार्इ सहयोग प्रदान गरिरहेका छन्', समाचारमा उल्लेख गरिएको छ ।  

इन्डिया टुडेले भारतबाट नेपाल गएका मधेसीहरु आधारभूतरुपमा हिन्दूहरु भएको दाबी गर्दै त्यसमा केही क्रिश्चियन र मुस्लिमहरु पनि रहेको दाबी गरेको छ ।

'युपी, बिहार र पश्चिम बंगालसँग सीमा जोडिएको क्षेत्रमा नेपालको दक्षिणी भूभागका कुल जनसंख्याको ३० प्रतिशत मधेसी छन्  । जसमा ४० प्रतिशतलार्इ नेपाल सरकारले अझै नागरिकता र मताधिकारबाट बञ्चित गरेको छ', इन्डिया टुडे लेख्छ, 'नेपाल सरकारले नियतवश उनीहरुलार्इ उपेक्षा गरेको दाबी नेपालस्थित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको छ ।'

इन्डिया टुडेले उत्तर प्रदेशको महाराजगञ्जदेखि सिद्धार्थनगरसम्मको नेपालसँग जोडिएको भूभागमा अपराध र हिंसाका घटना बढेको पनि उल्लेख गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages