लालबाबुको नयाँ धमाकाः तीन वर्ष दुर्गममा नबसे बढुवामा नामै नपर्ने - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, September 1, 2015

लालबाबुको नयाँ धमाकाः तीन वर्ष दुर्गममा नबसे बढुवामा नामै नपर्ने





काठमाण्डु, १६ भदौ– डिभी पिआरधारी कर्मचारीलाई सरकारी सेवामा नराख्ने ऐन पारित गराएर चर्चामा आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगममै बसिरहने कर्मचारीलाई दुर्गममा पठाउनका लागि कानुनमै कडा व्यवस्था गर्न लागेका छन् । निजामती ऐनको पाँचौ संशोधनको गृहकार्य भइरहेको बेला मन्त्री पण्डितले त्यस्तो प्रावधान थप्न लागेका हुन् । मन्त्री पण्डितको योजनाअनुसार, अब तीन वर्ष दुर्गम क्षेत्रमा नबसेमा उक्त कर्मचारीले बढुवा हुन पाउने छैन । उनले भने,‘दुर्गममा सुरुवा गराउने, काज मिलाएर सुगममै बस्ने अनि नम्बर पाएर बढुवा हुने चलन नतोडेसम्म जनताले सरकारी सुविधा पाउँदैनन् । अहिले दुर्गममा जान नचाहने कर्मचारीका लागि त्यस ठाउँलाई आकर्षक बनाएर त्यहाँ जाने उत्प्रेरित गर्ने योजना छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages