
काठमाडौं, भदौ २० । केही महिना यतादेखि ह्वात्तै आकाशिएको प्याजको भाउ फेरी ओरालो लाग्न थालेको छ । भारतीय प्याज मात्रै बजारमा भएका कारण आकाशिएको मूल्य अहिले चीनीया प्याजले बजार पाउन थालेपछि सस्तिन थालेको छ ।
कालीमाटी तरकारी तथा फलफुल बजारका अनुसार प्रतिकेजी एक सय ८ रुपैयाँ देखि एक सय १० रुपैयाँसम्म थोक मूल्यमा कारोबार भएको प्याज आज ९८ रुपैयाँमा झरेको छ ।
चीनबाट आयात भैरहेकाले प्याज अझै सस्तिने अनुमान गरिएको छ । प्याजसँगै अन्य तरकारीको मुल्य पनि ह्वात्तै घटेको छ । आइतबार गोलभेडा किलोको २५ देखि २६ रुपैयाँमा झरेको छ । काउली किलोको ५८ , बन्दा ३८ हाईब्रिड काँक्रो २५, मुला १८ देखि २० रुपैयाँमा कारोबार भइरहेको छ ।
No comments:
Post a Comment