हत्याको विरोधमा कोहलपुरमा हजारौं सडकमा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, September 4, 2015

हत्याको विरोधमा कोहलपुरमा हजारौं सडकमा

कोहलपुर–संयुक्त मधेशी मोर्चाको कार्यकताको ढुङ्गा प्रहारबाट शुक्रबार मृत्यु भएका नौवस्ता–२ घर भई कोहलपुर नगरपालिकामा बस्दै आएको करणसिंह ठकुरीका हत्यारालाई कारवाहीको माग गर्दै कोहलपुरमा हजारौं सर्वसाधरण सडकमा उत्रिएका छन्।
विहान सात बजेदेखि कोहलपुर क्षेत्रका हजाराैं सर्वसाधरण हत्यामा संग्लनलाई कारवाही र मृतकलाई शहिद घोषणाको माग गरेका छन्। उनीहरुले विहान ८ बजेदेखि ईलाका प्रहरी कार्यालय कोहलपुरमा घेराउ गरेका छन्। हत्यारालाई कारवाही , मृतकलाई शहिद घोषणा र घाइतेको निःशुल्क उपचारको मागसहित नाराबाजी गरेका छन्। कोहलपुर बजार, व्यवसाय बन्द गर्दे स्वस्फुर्त हजारौं नागरिक सडकमा उत्रिएका हुन्।
Police Gerwa-1
हत्याको विरोधमा ईलाका प्रहरी कार्यालय घेराउँ गर्र्दै आक्रोसित सर्वसाधरण ।
विहान सात बजेदेखि कोहलपुर क्षेत्रका हजाराैं सर्वसाधरण हत्यामा संग्लनलाई कारवाही र मृतकलाई शहिद घोषणाको माग गरेका छन्। उनीहरुले विहान ८ बजेदेखि ईलाका प्रहरी कार्यालय कोहलपुरमा घेराउ गरेका छन्। हत्यारालाई कारवाही , मृतकलाई शहिद घोषणा र घाइतेको निःशुल्क उपचारको मागसहित नाराबाजी गरेका छन्। कोहलपुर बजार, व्यवसाय बन्द गर्दे स्वस्फुर्त हजारौं नागरिक सडकमा उत्रिएका हुन्। प्रहरी प्रशासनले हत्यामा संग्लन आन्दोलनकारीलाई लुकाएको र सार्वजनिक गर्न नचाहेको भन्दै प्रहरी चौकी घेरेका हुन्। हजारौं सर्वसाधरण सडकमा उत्रिएपछि कोहलपुरमा प्रहरीको बाक्लो सहभागीता रहेको छ। नेपाल प्रहरी र शसस्त्र प्रहरी हजारौ संख्यामा परिचालन गरिएको छ। यसैबीच आन्दोलनकारीले ठकुरी माथि आक्रमण गरकको स्थलमा जान थालेको सर्वसाधरणलाई बीच सडकमा छेकेको छ। प्रहरीले आन्दोलनकारीलाई लुकाएको, सहयोग गरेको र घटनास्थलमा जान रोकेको भन्दै प्रहरी प्रशासनको विरोधसमेत गरका छन्।

यसैबीच आन्दोनलाई मत्थर पार्न सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन र कोहलपुरका उद्योगी, व्यापारी, राजनैतिक दल र मृतकका आफन्तबीच छलफल चलिरहेको छ। यस्तै पीडित परिवारले हत्यारालाई कारवाही र शहिद घोषणा नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन्। शव अहिले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ। यस्तै प्रहरीले घटनास्थलबाट पक्राउ गरेका ३२ जना आन्दोलनकारीलाई जिल्ला प्रहरी कार्यालयमा राता रात पठाएको भन्दै उनीहरुले विरोध गरेका छन्। विहानैदेखि कोहलपुरमा बजार, व्यवसाय, यातायात ठप्प रहेको छ। शुक्रबार बेलुका ४ बजे नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको मोटरसाईकलमाथि आन्दोलनकर्ताले गनापुर–२ प्रिपहवामा ढुंगा प्रहार गर्दा ठकुरीको मृत्यु भएको थियो। ढुंगा प्रहारबाट मोटरसाईकलमा सवार स्थानीय २२ बर्षीय विनोद शाही घाइते भएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages