भैरहवा-लुम्बिनी करीडोर र परासी क्षेत्रमा बन्द अवज्ञा गर्दै उद्योग सञ्‍चालनको तयारी - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, September 5, 2015

भैरहवा-लुम्बिनी करीडोर र परासी क्षेत्रमा बन्द अवज्ञा गर्दै उद्योग सञ्‍चालनको तयारी


भैरहवा: मधेसी मोर्चाले विगत तीन सातादेखि गरेको बन्द र हडतालको चपेटामा परेका भैरहवा-लुम्बिनी करीडोर र परासी क्षेत्रका उद्योग सञ्चालनको तयारी गरिएको छ। 
 
लगातारको अनिश्चितकालीन बन्दका कारण उत्पादन ठप हुँदा उद्योगका पाटपुर्जामा खिया लाग्ने र जाम हुने समस्या देखिएपछि बन्दको अवज्ञा गर्दै यस क्षेत्रका उद्योगीले उद्योग सञ्चालनको तयारी गरेका हुन्।
 
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बन्द, हडताल जे भए पनि बैंकले ऋणको ब्याज छुट नदिने हुनाले जस्तोसुकै अवस्थामा पनि उद्योग सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए।

साउन २८ गतेदेखि संयुक्त लोकतान्त्रिक मोर्चा, थरुहट संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल तथा संगठनको आन्दोलनका कारण यस क्षेत्रको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ । यसले समग्र तराईको जनजीवनका साथै अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको छ।
 
बन्दका कारण दैनिक करोडौं नोक्सानी भएको भैरहवा लुम्बिनी करिडोरका उद्योगी व्यवसायीले गुनासो गरेका छन्। बन्दले उत्पादित समान बजारमा पठाउन नसकिएको, विदेशबाट आयात गरिएका कच्चा पदार्थ पनि उद्योगसम्म ल्याउन नपाएरबीच बाटोमै अलपत्र परेको अवस्था छ।
 
पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालले भारतबाट आयात भएका गाडी सीमापारि थन्किँदा र नेपाल भित्रिसकेका भारतीय मालवाहक गाडी समेत तोकिएको समयमा फर्किंन नपाउँदा आयातकर्ताले बिलम्ब शुल्कबापत करोडौं रुपैयाँ व्यहोर्नु परिरहेको उद्योगीको गुनासो छ।
लगातारको अनिश्चितकालीन बन्दका कारण उत्पादन ठप हुँदा उद्योगका पाटपुर्जामा खिया लाग्ने र जाम हुने समस्या देखिएपछि बन्दको अवज्ञा गर्दै यस क्षेत्रका उद्योगीले उद्योग सञ्चालनको तयारी गरेका हुन्।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका सल्लाहकार समेत रहेका अध्यक्ष अग्रवालले लामो बन्दका कारण कच्चा मालभन्दा गाडी भाडा बढी पर्न थालेको बताए।
यसैबीच प्रमुख जिल्ला अधिकारीको अनुरोधमा जिल्ला सुरक्षा समितिको संयुक्त प्रयासमा भन्सार सरलीकरण गर्ने र सुरक्षा गस्तीबाट दैनिक दुई सयदेखि तीन सय ५० गाडी पास भई गन्तव्यतर्फ पुर्‍याउने कार्य भएको भैरहवा भन्सार कार्यालयका कर्मचारीले बताएका छन्।
 
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले निर्वाधरूपमा उद्योग व्यवासाय सञ्चालन गर्न, शिक्षण संस्था, बजार खोल्न, यातायात सुचारु गर्न प्रहरी प्रशासनले जिल्लामा भरपर्दो रूपमा कडा सुरक्षा गस्ती परिचालन गरिरहेको बताए।
 
आन्दोलनका अगुवा तराई-मधेश लोकतान्त्रिक पार्र्टी रुपन्देहीका अध्यक्ष अजय वर्माले पार्टीको केन्द्रीय निर्देशनअनुसार आन्दोलन गर्नु परेको बताए। बन्दका कारण भैरहवा तथा लुम्बिनी क्षेत्रका होटेल व्यवसाय अहिले सुनसान अवस्थामा पुगेका छन्। यी क्षेत्रमा मात्रै दुई सयभन्दा बढी होटेल सञ्चालनमा छन्।
 
आन्तरिक तथा बाह्य पर्यटकमा आधारित होटेल व्यवसाय पर्यटक आउन नपाउँदा ठूलो समस्यामा परेको सिद्धार्थनगर होटेल एसोसिएसन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए। उनले एक दिनको बन्दका कारण होटेल व्यवसायीले करिब ३० देखि ४० लाख नोक्सानी व्यहोर्नु परेको बताए। 
 
होटेलमा अग्रिम बुकिङ रद्द गर्दा दैनिक करोडौं रुपैयाँ घाटा लाग्दै आएको उनले गुनासो गरे। अर्कोतर्फ यातायात तथा बजार बन्दले गर्दा गाउँमा किसानले फलाएको तरकारी बजार ल्याउने नपाउँदा कुहिएर खेर जान थालेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages