डिआइडीको उत्कृष्ट नौ मा नेपालका निर्मल, भोट दिएर विजेता बनाउन बाबुको आग्रह - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, September 21, 2015

डिआइडीको उत्कृष्ट नौ मा नेपालका निर्मल, भोट दिएर विजेता बनाउन बाबुको आग्रह

भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स(डिआइडी)मा नुवाकोट, विदुर त्रिशुली वजार ११ का २३ वर्षिय निर्मल तामाङ् उत्कृष्ट नौ मा पुग्न सफलभएका छन्। बलिउड अभिनेता मिथुन चक्रवर्ती लगायत बलिउडका चर्चित कोरियोग्राफरहरु निर्णायक रहेको प्रतियोगिता भारतीय टिभी जी टिभिबाट प्रत्येक शनिबार र आइतबार राती सवा नौ बजे प्रसारण हुँदै आएको छ।
उत्कृष्ट दशसम्म निर्णायकले छान्ने भएपनि दशपछि भने प्रतियोगितामा रहिरहनको लागि दर्शकले गर्न भोट नै एकमात्र आधार हो। त्यसैले निर्मलका बाबु एवम् पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङले  छोरालाई डिआडीको उपाधि विजेता बनाउनका लागि सबैलाई एसएमएस भोटिङ् गरिदिन आग्रह गरेका छन्। उनले भने,‘निर्मलले जित्यो भने नेपालकै शान हुन्छ।'
प्रतियोगितामा निर्मललाई DID5 space NIR लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्नेछ। त्यस्तै उनलाई अनलाइनबाट पनि भोट गर्न सकिन्छ। त्यसका लागि zeetv.com/nir अथवा zeetv.com/did5 का साथै फेसबुक पेज facebook.com/nirmaltamang गएर भोट गरेर वा लाइक गर्नुपर्ने हुन्छ। भोज दिन चाहनेहरुले शनिबार राती नौ बजेदेखी मङ्गलबार बिहान सवा नौ बजे सम्म दिइसक्नुपर्नेछ। संसारभरबाट उनलाई भोट दिन सकिन्छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages