नेपालले एसिया कप छनोट खेल्न नपाउने - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, September 5, 2015

नेपालले एसिया कप छनोट खेल्न नपाउने


अर्को वर्ष भारतमा हुने एसिया कप यसपटक ट्वान्टी–२० भर्सनमा हुनेछ। त्यसको छनोटमा अफगानिस्तान, यूएई, हङकङ र ओमानले मात्र सहभागिता जनाउने भएका छन्।
भाद्र २०, २०७२- नेपालले एसिया कप छनोट खेल्न नपाउने सम्भावना बढेको छ। अर्को वर्ष भारतमा हुने एसिया कप यसपटक ट्वान्टी–२० भर्सनमा हुनेछ। त्यसको छनोटमा अफगानिस्तान, यूएई, हङकङ र ओमानले मात्र सहभागिता जनाउने भएका छन्। यी चार राष्ट्रसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ।
क्रिकेटको वेबसाइट क्रिकइन्फोले विश्वस्त सूत्रलाई आधार बनाउँदै छनोट प्रतियोगिता नोभेम्बरमा हुन सक्ने जनाएको छ। दुई महिनाअघि आयरल्यान्डमा भएको छनोट प्रतियोगिताबाट अफगानिस्तान, हङकङ र ओमान भारतमा अर्को वर्ष हुने विश्व ट्वान्टी–२० मा छनोट भएका थिए।
 
छनोट प्रतियोगितामा नेपाल आफ्नो समूहमा अन्तिम भएर ट्वान्टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो। त्यससँगै नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि सकिएको थियो। त्यस्तै यूएई आफ्नो समूहमा दोस्रो अन्तिम भएको थियो। तर यूएईसँग एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता रहेको छ।

अफगानिस्तानले नोभेम्बर २१ देखि २४ सम्म यूएईमा पपुवा न्युगिनीसँग अन्तरमहादेशीय चार दिवसीय कपमा खेल्नेछ। हङकङ पनि नोभेम्बरमा यूएई भ्रमणमा हुनेछ। टिमले नोभेम्बर ११ देखि १८ सम्ममा गरी यूएईसँग अन्तरमहादेशीय कप, विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्नेछ। एसिया कप छनोट नोभेम्बरको अन्तमा हुन सक्ने क्रिकइन्फोले जनाएको छ।
नोभेम्बरको अन्तमा नेपालले पपुवा न्युगिनीसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्नेछ। नोभेम्बर २८ र ३० मा नेपाल र पपुवा न्युगिनीबीचको खेल काठमाडौंमा हुने कार्यक्रम छ। अफगानिस्तानसँग खेलेपछि नेपालसँग खेल्न पपुवा न्युगिनी काठमाडौं आउन लागेको हो।
एसियाली क्रिकेट परिषद् (एसीसी) को अस्तित्व समाप्त भइसकेको छ। अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसीसीको कार्यक्रम हेरिरहेको छ। यद्यपि एसीसीको अस्तित्वकै रूपमा एसिया कप हुनेछ। एसीसीले एसिया कप एक संस्करण ट्वान्टी–२० र अर्को एकदिवसीय भर्सनको हुने जनाएको थियो।
गत वर्ष बंगलादेशमा भएको एकदिवसीय एसिया कपमा अफगानिस्तानलाई सोझै खेलाइएको थियो। यसपटक छनोट प्रतियोगितामा सहभागी अफगानिस्तान, यूएई, हङकङ र ओमानबीचको विजेताले एसिया कपमा खेल्ने क्रिकइन्फोले जनाएको छ। एसिया कपमा अन्य चार राष्ट्रमा आईसीसीको पूर्ण सदस्यता राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन्। एसिया कप मार्च १ देखि १० सम्म हुनेछ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages