१९ भदौ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गमा चल्ने डिलक्स बसमा मधेसका बन्दकर्ताले ढुंगा हानेर हैरान पारेपछि यातायात व्यवसायी हिरा उदासको दिमागमा नयाँ उपाय फुर्यो । ‘इण्डियाभन्दा आइडिया ठूलो’ भनेजस्तै यो नयाँ प्रयोग धरानबाट राजधानीसम्म चल्ने कोशी न्यु डिलक्स बसमा तत्कालै गरियो ।
Jali-at-Bus2
तराईमा जारी बन्दका क्रममा यात्रुबाहक सवारी साधनमा लगातार तोडफोड हुन थालेपछि गाडीको शिशामा तारजाली लगाउने आइडिया न्यू कोशी डिलक्स यातायात प्रालीका उदासले फुराएका हुन् ।
प्रहरी सुरक्षासहित स्कोटिङमा सवारी सञ्चालन भएपनि आन्दोलनकारीले गाडीमा तोडफोड गरेपछि सवारी चालक र यात्रुलाई जोगाउन गाडीमा तारजालीको व्यवस्था गरिएको इलामेली ट्रावल्स एन्ड टूरका सञ्चालक सेवनकुमार अधिकारी (शेखर)ले अनलाइनखबरलाई जानकारी दिए ।
अधिकारीले अनलाइनखबरसँग भने-‘कोशी डिलक्सका तीनवटा गाडीमा जाली लगाएका छौं, आशा छ यसले चालक र यात्रुलाई सुरक्षा प्रदान गर्नेछ र ढुंगाले लागे पनि सिसा फुट्दैन ।’
तारजालीको नयाँ व्यवस्थाले सानातिना ढुंगालाई छल्ने, तथा गाडीमा ठूलो क्षति हुन नपाउने व्यवसायीको विश्वास छ । धरानमा तारजाली लगाएर आएका सवारी अहिले बाटोमा रहेको र काठमाडौं आइसकेपछि उक्त कार्य कति प्रभावकारी हुने रहेछ भन्ने थाहा हुने अधिकारीले बताए ।

No comments:
Post a Comment