- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, January 19, 2015

http://lumbinionlinekhabar.blogspot.com/

कक्षा ११ को नतिजा प्रकाशित, ४७.२६ प्रतिशत उत्तीर्ण

काठमाडौं-उच्च माध्यामिक शिक्षा परीषद सानोठिमीले सोमबार कक्षा ११ को नतिजा प्रकाशित गरेको छ। यस वर्षको कक्षा ११ को परीक्षामा ४७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत जेठमा संचालन भएको परीक्षामा नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ ले परीक्षा दिएकोमा १ लाख ६ हजार ५ सय १७ विद्यार्थी उत्तीर्ण भएका छन्।
कक्षा ११ को परीक्षा सकिएको ९ महिनामा बल्ल सोमबार नतिजा प्रकाशित भएको हो। परिषदका प्रवक्ता नारायण कोइरालाका अनुसार गत वर्षको भन्दा यस वर्ष ७.२६ प्रतिशत विद्यार्थी बढी उत्तीर्ण भएका छन्। गत वर्ष ४० प्रतिशत विद्यार्थी मात्र उर्त्तीण भएका थिए।
यसैगरी इक्ज्याम्टेड तर्फ ३३.१५ प्रतिशत विद्यार्थी पास भएका छन्। इक्ज्याम्टेडमा कुल १ लाख ४१ हजार ५ सय ७० विद्यार्थी सहभागि रहेकोमा ४६ हजार ९ सय ३३ विद्यार्थी उर्त्तीण भएका हुन्। गत वर्ष इक्ज्याम्टेड तर्फ ३२.९३ प्रतिशत विद्यार्थी पास भएका थिए।
यस वर्ष परीक्षामा अनियमित कार्य गर्ने ८७ परीक्षार्थीलाई निस्कासन गरिएको छ भने ३६ विद्यार्थीको नतिजा विभिन्न कारणले रोकिएको गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages