- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, January 14, 2015

http://lumbinionlinekhabar.blogspot.com/


दुर्घटना निम्त्याउँदै ग्यास गिजर








बनेपा-जाडो मौसममा सहरी तथा ग्रामीण भेगमा ग्यास गिजर प्रयोग बढे पनि आवश्यक सावधानी नअपनाउँदा थुप्रैले अकालमा ज्यान गुमाउनुपरेको छ। काभ्रेमा मात्रै वर्षमा दुईदेखि तीन जनासम्मले ग्यास गिजरकै कारण ज्यान गुमाउने गरेको प्रहरी तथ्यांकले देखाउँछ।
‘दुई मिनेट मात्रै ढिलो भएको भए मेरो छोरालाई जे पनि हुन सक्थ्यो। बेलैमा बाथरुमको ढोका फुटाएर उद्धार गर्न सकेकाले अनर्थ हुन पाएन,' हालै मात्र ग्यास गिजरले पीडित एक वरिष्ठ प्रहरी अधिकृत सुनाउँछन्। 
यस्तै, शनिबार अपराह्न पनौती–५, मानेश्वरी बसपार्कस्थित ध्रुवसुन्दर सैंजूको किराना पसलमा काम गर्ने फलामेटार–१ का १५ वर्षीय पवन थिङ बाथरुममा मृत अवस्थामा भेटिए। उनको मृत्यु पनि ग्यास गिजरले नै हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिररहेको छ।
२०१३ डिसेम्बरमा नाल्दुम¬–८ नगरकोटस्थित होटेल भ्युप्वाइन्टमा दुई चिनियाँ पर्यटकको ग्यास हिटरका कारण निस्सासिँदा मृत्यु भएको थियो। त्यसअघि पनि बनेपामै दुई जनाको ग्यास गिजरले मृत्यु भएको थियो।
यी घटनाक्रमले एलपी ग्यासबाट चल्ने गिजर र हिटर प्रयोगमा सावधानी अपनाउँदा अकालमै ज्यान जाने गरेको देखाउँछन्। प्रहरीका अनुसार काभ्रेमा बर्सेनि २ देखि ३ जनासम्मले ग्यास गिजर प्रयोग गर्दाकै अवस्थामा ज्यान गुमाएका छन्। धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालको इमर्जेन्सी विभागमा गत वर्ष ग्यास गिजरले निस्सासिएका बिरामी त्यसको दोब्बर संख्यामा भर्ना भएका थिए।

अधिकांश घरका बाथरुम भर्यारङमुनि या साँघुरो ठाउँमा हुने गरेको छ। सस्तो र जताततै पाइने भएकाले मध्यमवर्गीय नेपालीले त्यही स्थानमा गिजर जडान गर्दै आएका छन्।
‘एलपी ग्यासबाट गिजर चलाउँदा त्यसबाट कार्बन मोनोअक्साइड नामको विषालु ग्यास उत्पन्न हुन्छ। पर्याप्त क्रस भेन्टिलेसन नभएको र ढोका खुला राख्न नमिल्ने बाथरुममा ग्यास गिजर राख्नु काल निम्त्याउनुसरह हो,' धुलिखेल अस्पतालको फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. राजकुमार कार्कीले भने।
कार्कीका रगतमा रहेको हेमोग्लोबिनमा कार्बन मोनोअक्साइड मिल्दा ‘कार्बोक्सी–हेमोग्लोबिन' बन्छ। त्यसले सुरुमा टाउको गह्रुँगो हुने, रिँगटा लाग्ने, टाउको दुख्ने र त्यसपछि बेहोस गराउँछ। यसको मात्रा ४० प्रतिशतभन्दा बढी भए बिरामी ‘कोमा' मा समेत पुग्न सक्छ।
‘हेमोग्लोबिनमा कार्बनमोनोअक्साइड अक्सिजनभन्दा २ सय ४० गुणा छिटो मिसिन्छ। यसैले १ देखि ५ मिनेटभित्रै बिरामीको मृत्यु हुने सम्भावना धेरै रहन्छ,' डा. कार्कीले थपे।
धुलिखेल अस्पतालकै न्युरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेल कार्बन मोनोअक्साइड रगतमा मिसिएर ब्रेनसम्म पुग्ने भएकाले ब्रेनको कार्यप्रणालीमै असर गर्ने बताउँछन्। सिजर, हेड इन्जुरी, स्ट्रोक, कार्डियाक इभेन्ट र कार्बनमोनोअक्साइड इन्टक्सिकेसनसम्म हुने उनको भनाइ छ।
‘रगतमा मिसिएको कार्बनमोनोअक्साइड सिधै ब्रेनमा पुग्छ। अक्सिजनको कमी (हाइपोक्सिया) का कारण बिरामीले सिधै श्वासप्रश्वास गर्न सक्दैन। धेरै ‘हाइपोक्सिया' हुँदा सुधार नआउने गरी न्युरोलोजिकल रोग (पिएनडी) सम्म हुन सक्छ,' डा. पोखरेलले भने।
यस्तो समस्याले श्वासप्रश्वाससम्बन्धी रोग भएका ज्येष्ठ नागरिक र बालबालिका बढी जोखिममा पर्ने भएकाले उनीहरूका निम्ति ग्यास गिजर प्रयोगमा ल्याउनुअघि पर्याप्त सावधानी अपनाउन उनले सुझाए।
एलपी ग्यासबाट चल्ने हिटर र गिजर उत्पादकले उपभोक्तालाई अपनाउनुपर्ने सावधानीबारे जानकारी नदिँदा दुर्घटना बढेको उपभोक्ता मञ्च नेपाल, काभ्रेका अध्यक्ष राजेश श्रेष्ठ बताउँछन्।
‘उत्पादकले ग्यास गिजर र हिटरका फाइदाबारे मात्रै बढी प्रचारप्रसार गर्दै आए। तर, अपनाउनुपर्ने सावधानी बुझाउतर्फ लागेनन्,' श्रेष्ठ भन्छन्। ग्यास गिजर खुला र हावा पास हुने स्थानमा मात्रै जडान गर्नुपर्ने उनको भनाइ छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages