आउँदो शुक्रबार दिउँसै हुनेछ रात, अँध्यारोमा डुब्नेछ
धर्ती !

1
आउँदो शुक्रबार अर्थात ६ चैत (मार्च २० तारिक), सूर्यग्रहणको दिन एउटा यस्तो अचम्म खगोलीय
घटना हुँदैछ जसका कारण पूरै धर्ती अँध्यारोमा डुब्नेछ ।
पूर्ण सूर्यग्रहणका कारण हुँदैछ यस्तोः
आउँदो शुक्रबार दिउँसो सो घटना हुँदैछ । यो दिन सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण
पूर्ण सूर्यग्रहण लाग्दैछ । यो यस वर्षको पहिलो सूर्यग्रहण हुनेछ । यो खगोलीय घटना युरोप।
अटलान्टिक महासागर र अफ्रिकामा देखिनेछ ।
करिब चार घण्टा चल्नेछ यो क्रमः
खगोलविद्हरुका अनुसार यो सूर्यग्रहण नेपाली सयम अनुसार चैत ६ गते दिउँसो १२ बजेर ५६ मिनेटमा
सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमाको रमाइलो भूमिका भएको
घटनाक्रम लगभग ४ घण्टासम्म चल्नेछ ।
मात्र २ मिनेट ५० सेकेन्डको पूर्ण ग्रहणः
यद्यपी यो सूर्यग्रहण करिब ४ घण्टासम्म चल्नेछ तर पूर्ण ग्रहण दिउँसो ३ बजे हुनेछ । यो समयमा
सूर्यलाई चन्द्रमाले पूरै ढाक्नेछ जसले धर्तीमा पूरै अँध्यारो छाउनेछ र यो स्थिती २ मिनेट ५० सेकेन्डसम्म
रहनेछ ।
स्रोतः स्पेश डटकम
No comments:
Post a Comment