टर्किस जहाज हटाउने प्रयास असफल, विमानस्थल अझै केही दिन बन्द हुने

हटाउन खाेज्दा जहाज झन् भासियो
काठमाडौँ : रनवे नै छेकिने गरी दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउने दुई दिनको प्रयास असफल भएको छ।भारतीय बायुसेनाको विशेष टोलीले बिहीबार र शुक्रबार गरेको प्रयास सफल हुन सकेन।
जहाज हटाउने प्रयासकै क्रममा झन् भास्सिएपछि काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल कहिले खुल्ने अन्योल भएको छ। भारतीय सेनासहितको विशेष टोलीले हात गाह्रो छ भन्दै कामबाट हात झिकेको स्रोतले बतायो। टर्किस एयरलाइन्सबाटै प्राविधिक टोली आएपछि मात्र जहाज हटाउने काम संभव हुनसक्ने स्रोतले बतायो।

स्रोतका अनुसार अझै दुई कम्तीमा अझै तीन दिन विमानस्थल खुल्ने संभावना छैन। रिकभरी टिमले काम रोकिसकेको छ। विमानस्थलले शनिबार बिहान १० बजेसम्म विमानस्थल बन्द हुने सूचना निकालिसकेको छ।भारतीय वायुसेनाको जहाजमा बिहीबार भारतबाट आएको २५ जनाको टोलीले बिहीबार साँझदेखि काम सुरु गरेको थियो।

तीनदिनदेखि उडान ठप्प हुँदा झन्डै चालिस हजार जति यात्रुहरु प्रभावित भएका छन्। बुधबार बिहानदेखि कुनै पनि अन्तराष्ट्रिय उडान भएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज 'रिकभर' गर्न आवश्यक प्रविधि र जनशक्ति नभएकाले सरकारको विशेष अनुरोधमा भारतीय वायुसेवाको जहाजमार्फत बिहीबार विशेषज्ञ तथा 'एयरक्राफ्ट मुभिङ किट' झिकाइएको थियो।
भारतीय वायुसेवाको जहाजमा आएको विशेष टोलीमा १३ जना भारतीय सेना र १२ जना प्राविधिक विशेषज्ञले सो काम गरेका थिए। दुर्घटनास्थलबाट तान्न जहाजको अघिल्लो भाग ट्रलीमा चढाइएको छ
No comments:
Post a Comment