- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, June 21, 2014

Nepal's No. 1 online News portal.
विद्युतीय मतदान मेसिन सबै केन्द्रमा पुग्यो, नेपाल–भारत सीमा बन्द


कैलाली, चितवन, आषाढ ७ । देशका चार वटा निर्वाचन क्षेत्रमा भोलि हुने उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर २, कैलाली क्षेत्र नम्बर ६, चितवनको क्षेत्र नम्बर ४ र बर्दिया क्षेत्र नं १ मा मा भोलि हुने संविधानसभा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि चाहिने विद्युतीय मतदान मेसिन सबै केन्द्रहरुमा पुर्‍याइएको छ । कैलालीमा गए रातिदेखि नै नेपाल–भारत सीमा क्षेत्र बन्द गरिएको छ । त्रिनगर भन्सार कार्यालयमा सवारी तथा मालवाहक सवारी साधन रोकिएका छन् । सर्वसाधारणको आवतजावतमा समेत निकै कडाइ गरिएको छ ।

धनगढी नगरपालिकाका साथै उर्मा र फूलबारी गाविसको भू–भाग रहेको यस क्षेत्रको ३० स्थानमा ७५ ओटा मतदान केन्द्र तोकिएका छन् । । कैलाली क्षेत्र नम्बर ६ मा एक स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यस्तै, चितवनमा पनि निर्वाचन क्षेत्र प्रवेश गर्ने नाकाहरुमा चेकपोष्ट नै खडा गरेर सुरक्षाकर्मी तैनाथ गरिएको छ । ६५ हजार २ सय ९९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ३१ मतदान स्थल र ८१ ओटा मतदान केन्द्र रहेका छन् ।

उपनिर्वाचन हुने चारओटा जिल्लामा भोलि सार्वजनिक बिदा दिइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages