- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, June 21, 2014

नेपाली बालिका तेरियालाई उपाधी





काठमाडौ, असार ७ - नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।

५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।

दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।

प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए।



No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages