- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, July 8, 2014

Nepal's No. 1 online News portal.

कोरियामा काम गरेका कामदारले बिमा र उपदानको रकम पाउने

काठमाडौं, असार २४ – दक्षिण कोरियामा काम गरी फर्केका तर उपदान र स्वदेश फिर्ती बिमा लिन बाँकी भएका कामदारले रकम पाउने भएका छन् ।
कोरियामा कार्यरत नेपाली कामदारले उपदानवापत वर्षमा एक महिनाको तलब सुविधा बराबर रकम पाउँछन । अहिले कोरियामा नेपाली कामादारको न्यूनतम तलब सुविधा झण्डै एक लाख रुपैयाँ हुन्छ । त्यस्तै टिकट शुल्कवापत स्वदेश फिर्ती खर्च बिमा ५० हजार रुपैयाँ हुन्छ ।
नेपाली कामदारले पाउने रकमको यकिन तथ्यांक नभएपनि हवाई बाटोबाट फर्केका कामदारलाई आधार मान्ने हो भने करिव ७ सय जनाले स्वदेश फिर्ती बिमा लिन बाँकी रहेको अनुमान छ ।
यसका आधारमा नेपाली कामदारले झण्डै तीन करोड ५० लाख रुपैयाँ स्वदेश फिर्ती बिमावापत मात्रै पाउँछन । रकम लिन बाँकी रहेका कामदारले एचआरडी कोरिया इपिएस सेन्टर नेपालको कार्यालय ग्वार्को ललितपुरमा सम्पर्क गर्न सक्नेछन् ।
बिमा कम्पनीबाट रकम दिइँदै आएको भएपनि कामदारलाई सजिलोका लागि एचआरडी आफैंले बिमा रकम वितरण गर्ने भएको हो । एचआरडीले टास्कफोर्स टोली गठन गरेर बिमा लिने समय कटेका कामदारलाईसमेत बिमा रकम दिन लागेको हो ।
सेन्टरका निर्देशक ली दोङ सिर्कले कार्यअवधि पूरा गरी फर्केका र कोरियामै कार्यरत सयौं नेपाली कामदारले उपदान र स्वदेश फिर्ती बिमा लिन बाँकी रहेको बताउनुभयो । यसअघि २ वर्षसम्म विमाका लागि निवेदन गर्न सकिने रहेकामा अबदेखि ३ बर्षसम्म निवेदन दिन पाइने र निस्क्रिय भएकाहरुले पनि बिमा रकम दावी गर्न सक्ने निर्देशक सिर्कले जानकारी दिनुभयो ।
कोरियामा कार्यरत कामदारले स्वदेश फिर्तीवापतको बिमा रकम त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा र उपदानवापतको रकम स्वदेश फर्केपछि पाउनेछन ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages