- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, July 12, 2014

विश्वकपको फाइनल आज: अर्जेन्टिना र जर्मनी भिड्दै

काठमाडौ, असार २९ – विश्वकपको उपाधिका लागि आइतबार राती जर्मनी र अर्जेन्टिनाबीच खेल हुँदैछ । यी दुइ टीमको बीचको खेल ब्राजिलको रियो द जेनेरियोको मराकाना स्टेडियममा नेपाली समय अनुसार राती पौने १ बजे हुनेछ ।
विश्वकपको उपाधि नजिक पुग्ने क्रममा जर्मनीले सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ को फराकिलो अन्तरले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ट्राइबेकरमा ४–२ ले हराएको थियो । यो विश्वकप जर्मनीले जितेमा उ दक्षिण अमेरिकामा विश्वकप उपाधि उचाल्ने पहिलो युरोपेली टिम हुनेछ ।
विश्वकपको अहिलेसम्मको १९ संस्करणमध्ये युरोपले १० पटक र दक्षिण अमेरिकाले ९ पटक जितेका छन् । यस पटक अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाले विश्वकप उपाधिमा युरोपसँग बराबरी गर्नेछ । जर्मनीले सन् १९५४, १९७४ र १९९० गरी तीन पटक र अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि जितेको छ ।
यी दुई टिमबीच विश्वकप फुटवलको फाइनलमा हुन लागेको यो तेश्रो भेट हो । सन् १९८६ मा अर्जेन्टिनाले जर्मनीलाई हराएर उपाधि जितेको थियो भने सन् १९९० को मा अर्जेन्टिनालाई हराएर जर्मनीले उपाधि जितेको थियो । यसअघि सन् २०१० को क्वार्टरफाइनलमा यी दुईबीच भएको खेलमा जर्मनी ४–० ले विजयी भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages