महादेशिय भिडन्तको रुपमा आजराती नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्ने
काठमाडौं, आषाढ २५ । विश्वकप फुटबलको दोस्रो सेमीफाईनल खेलमा आज राती नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्नेछन् । क्वाटरफाईनलमा कोष्टारिकालाई हराँउदै नेदरल्याण्ड्स तथा बेल्जियमलाई हराँउदै अर्जेन्टिना सेमीफाईनलमा पुगेका हुन् ।
यो खेलको विजेताले फाईनलमा जर्मनीको सामना गर्नेछ । ब्राजिलमा जारी विश्वकप फुटबलको दोस्रो सेमीफाईनल खेललाई महादेशिय भिडन्तको रुपमा हेरिएको छ । यो खेलमा नेदरल्याण्ड्स विजयी भए पहिलो पटक दक्षिण अमेरिकी भुमिमा युरोपेली टोलीले विश्वकप जित्ने पक्का हुनेछ ।
यदी यो खेलमा अर्जेन्टिना विजयी भएको खण्डमा विश्वकपको यो संस्करणको उपाधि भिडन्त पनि युरोप र लेटिन अमेरीकाविच हुनेछ । अर्जेन्टिना र नेदरल्याण्ड्स दुबै टोली समुह विजेता हुन् ।
अघिल्लो विश्वकपको उपविजेता नेदरल्याण्ड्स यसपटक विश्वकपको पहिलो उपाधि जित्ने सुरमा छ । यदी त्यसो गर्न सके नेदरल्याण्ड्स लेटिन अमेरिकी भुमीमा विश्वकप उचाल्ने पहिलो युरोपियन राष्ट्र बन्नेछ ।
तर उसको बाटोमा अर्जेन्टिनाको तगारो छ । १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अभियानमा रहेको अर्जेन्टिना यसपटक निकै बलियो छ । त्यतिवेला म्याराडोनाले उपाधि दिलाएको अर्जेन्टिनाको लागि यतिवेला लियोनल मेस्सी उती नैं चर्चामा छन् ।
मेस्सीकै बलमा अर्जेन्टिना सेमीफाईनलसम्म पुगेको छ । समुह चरणमा नाईजेरीया, ईरान र बोस्नियालाई हराएको अर्जेन्टिनाले राउण्ड अफ सिक्सटिनमा स्विट्जरल्याण्डलाई तथा क्वाटरफाईनलमा बेल्जियमलाई हराएको हो ।
उता नेदरल्याण्ड्सले समुह चरणमा स्पेन, चिली र अष्ट्रेलियालाई हराएको थियोभने राउण्ड अफ सिक्सटिनमा मेक्सिको तथा क्वाटरफाईनलमा कोष्टारिकालाई हराएको थियो । अर्जेन्टिना विरुद्धको खेलको लागि नेरल्याण्ड्सका रविन भानपर्सी भने फिट छैनन् । पेट दुख्ने समस्याबाट ग्रस्त भान पर्सीले सेमीफाईनल खेल गुमाउन सक्ने बताईएको छ ।
Post Top Ad
Responsive Ads Here
Tuesday, July 8, 2014
Share This
About Natural Nepal
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.

No comments:
Post a Comment