गाईको मलमुत्रलाई इन्धनको रुपमा उपयोग गरी गुड्ने बसले विश्व रेकर्ड कायम गरेको छ । ७७ माइल प्रतिघण्टाको गतिमा गुडेर उक्त बसले सबैभन्दा तिब्र गतिको गौमल बसको कीर्तिमान कायम गरेको हो ।
Reading Buses 'cow poo bus
बेलायतको बेडफोर्ड मिलब्रुक प्रुभिङ ग्राउण्डमा गाइको मलबाट गुड्ने रिडिङ बसले ७६.७८५ माइल प्रतिघण्टाको तिब्र गति हासिल गर्न सफल भयो ।Reading Buses 'cow poo bus
फ्रिजियन जातको गाईजस्तै सेतो र कालो रङमा सजिएको उक्त बसले इन्धनको रुपमा गाईको मलमुत्रबाट निस्किने बायोमिथेन उपयोग गर्छ । यो बसले सामान्यतया बेलायतको रिडिङ सहरमा यात्रु बोक्ने गर्दछ ।
युके टाइमिङ एसोसिएसनले उक्त बसको पछिल्लो गतिलाई प्रमाणित गरेको हो । यो प्रकारको बस औषतमा ५६ माइल प्रतिघण्टाको दूरीमा गुड्ने गरेको भएपनि यसले झण्डै ७७ माइल प्रतिघण्टाको उच्चतम गति कायम गर्न सफल भएको हो ।
यो बसको निर्माता कम्पनीका प्रमुख कार्यकारी मार्टिज्न गिलर्बटका अनुसार यो बसले अहिलेसम्मकै उच्च गति कायम गरेपनि गिनिज बुकमा नाम लेखाउनबाट भने निकै पछाडि छ । प्रतिमाइल १५० किलोमिटरको दूरी तय गरेमा मात्रै विश्वमा सबैभन्दा तिब्र गतिको बसको कीर्तिमान कायम गर्न सक्नेछ ।
यो बसको छानोमा सातवटा ट्यांकी छन् जसमा गाईवस्तुको गोबर राखिन्छ । त्यसरी थुपारिने गोबरलाई अक्सिजनको अनुपस्थितिमा विच्छेद गराएर उर्जा निकालिन्छ, जसलाई एनएरोबिक डाइजेसन भनिन्छ ।

No comments:
Post a Comment