२०७३ सालमा पाइने सार्वजनिक विदा, क्रिसमसमा क्रिश्चियनलाई मात्र विदा, इदमा सबैलाई - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Sunday, April 3, 2016

२०७३ सालमा पाइने सार्वजनिक विदा, क्रिसमसमा क्रिश्चियनलाई मात्र विदा, इदमा सबैलाई


काठमाडौँ । सरकारले विक्रम संवत् २०७३ सालको सार्वजनिक विदा सूची सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष पर्व विदाहरुमा केही परिवर्तन गरिएको छ।



क्रिसमसका दिन यसअघि सबै धर्मावलम्बीहरुलाई विदा हुँदै आएकोमा यो वर्ष डिसेम्बर २५ (पुस १० गते) आइतबारका दिन इसाई धर्मावलम्बी सरकारी कर्मचारीहरुका लागि मात्र विदा दिइएको छ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) र बकर इद (इदुल जोहा) का दिन
भने सबै धर्मावलम्बीले सार्वजनिक विदा पाउने व्यवस्था कायमै राखिएको छ।

फागु पूर्णिमा (होली) को विदामा पनि परिवर्तन भएको छ। प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाले यसअघि तराईका जिल्लाहरुमा विदा पाउने दिन अर्थात् फागु पूर्णिमाको भोलिपल्ट विदा पाउने गर्थ्यो। यो वर्ष भने फागु पूर्णिमाकै दिन विदा पाउने भएको छ।

झापालाई पहाडी जिल्लामा उकालेपछि फागु पूर्णिमाको भोलिपल्ट विदा पाउने जिल्लाको सूचीमा झापाबाहेक मोरङदेखि कञ्चनपुरका १९ जिल्लामात्र परेका छन्। 

शनिबार परेका सार्वजनिक विदा




दशैँमा घटस्थापना, फूलपातीदेखि द्वादशी र कोजाग्रत पूर्णिमाका दिन विदा दिने व्यवस्था कायमै राखिएको छ। तर यो वर्ष घटस्थापना, कोजाग्रत पूर्णिमा र फूलपाति तीनै दिन शनिबार परेको छ।


तिहारमा भने लगातार चार दिन विदा हुने भएको छ। कात्तिक १३ गते शनिबारपछि आइतबार लक्ष्मीपूजा, सोमबार गोवर्धन र म्हपूजा र मंगलबार भाइटीका।

दिवस विदामा लोकतन्त्र दिवसको वैशाख ११ को विदा हटाएर संविधान दिवस असोज ३ गते सोमबार विदा दिइएको छ। फागुन ७ गतेको प्रजातन्त्र दिवस र जेठ १५ को गणतन्त्र दिवस दुवैमा विदा कायमै छ तर दुवै दिवस शनिबार परेका छन्।

सार्वजनिक विदा हुने बुद्ध जयन्ति पनि जेठ ८ गते शनिबार नै परेको छ।  त्यस्तै सोनम ल्होसार पनि माघ १५ गते शनिबार नै परेको छ। 

हेर्नुस् सार्वजनिक विदाको सूची
  - See more at: http://www.bizmandu.com/content/-16695.html#.VwEB6lR97IW

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages