राजधानी सारेको विरोधमा धनगढी बन्द - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, September 28, 2018

राजधानी सारेको विरोधमा धनगढी बन्द

धनगढी : प्रदेशसभाको राजधानी सार्ने निर्णयको विरोधमा शनिबार धनगढी बन्द गरिएको छ। राजधानी सार्ने निर्णयले गोदावरीको जैविकमार्ग र वन क्षेत्र विनास हुने भन्दै नागरिक समाज संघर्ष समितिले धनगढी बन्द गराएको हो। 

धनगढी बजार पुरै बन्द गरिएको छ । ट्राफिक चोक, सहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायाका साधन चल्न दिएका छैनन्। बिहानै केही सार्वजनिक सवारी साधान चले पनि ९ बजेदेखि ठाउँ–ठाउँमा बन्दकर्ता भेला भएर सवारी रोकिरहेका छन । 

शुक्रबार अपरान्ह विज्ञप्ति जारी गर्दै संघर्ष समितिले प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुसँग छलफल नै नगरी, बाहिर भइरहेको आन्दोलनको परवाह नै नगरी प्रस्ताव पास गरिएको आरोप लगाएको छ ।
प्रदेशसभाको दुई तिहाई बहुमतले शुक्रबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा पर्ने निर्णय पारित गरेको थियो ।  प्रदेशसभा रहेका ५३ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३८ मत खस्यो भने विपक्षमा एक मत पनि खसेन । 

प्रदेशसभामा सत्तापक्षका सभामुखसहित ३९ प्रदेशसभा सदस्य छन् भने कांग्रेसका १२ र राजपाका दुई सदस्य छन् । सभामुख बाहेकका पुरै ३८ मत प्रस्तावको पक्षमा खसेको थिए। 
प्रदेश सभामा दर्ता भएको प्रस्तावमा राजधानीका लागि तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तर–पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व, गोदावरी बजारदेखि दक्षिण चार किल्ला भएको क्षेत्र तोकिएको छ । 

Source : annapurnapost

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages