कहिले उड्लान् भैरहवामा ठूला जहाज ? - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, January 5, 2016

कहिले उड्लान् भैरहवामा ठूला जहाज ?

गौतम बुद्ध बिमानास्थल निर्माण कार्य अगाडी बढदै

भैरहवा –बिभिन्न चर्चा र परिचर्चाका बीच राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिईएको भैरहवा स्थित गौतम बुद्ध बिमानास्थलको स्तरोउन्नती कार्य जोडतोडका साथ अगाडी बढिरहेको छ ।gautam budda
१ बर्ष अघि तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट निर्माण
कार्यको शुभारम्भ भएको भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानास्थल निर्माण कार्य बिचमा बिभिन्न कारणले केही सुस्त भए पनि अहिले सुचारु भएको छ । निर्माण कार्य अन्र्तगत अहिले धावनमार्गको काम भै रहेको चिनिया निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन ग्रुपका मेन एडभाईजर फुर्वा छिरिङ्ग शेर्पाले बताए । अहिले ईन्टरनेशनल टर्मिनल बिल्डिङ्ग तथा धावन मार्गको काम एक साथ अगाडी बढाईएको शेर्पाले बताए ।
धावनमार्ग निर्माण अन्र्तगत अहिले टप स्वाईल रिमुभ्ड (सतहको घाँस हटाउने) कार्य भै रहेको शेर्पाले जानकारी दिए । अहिले सम्म १ हजार ६ सय मिटर सतहको घाँस हटाउने कार्य सम्पन्न भएको शेर्पाको भनाई छ ।
स्थानिय ठेकेदारको बदमासीको कारण काममा केही ढिलाई भए पनि अहिले काम सुचारु रहेको कामदारहरुको भनाई छ । चाईनिज ठेकेदार कम्पनीले हिमालय ईन्फोटेकलाई काम गर्न छनौट गरि काम गर्ने जिम्मा दिए पनि ईन्फोटेकको बदमाशीको कारण फेरी त्यसलाई हटाएको रवि पन्तले जानकारी दिए ।
यसका साथै ईन्फोटेकले स्थानिय कामदार तथा काम गर्ने गाडीहरुलाई भुक्तानी गर्न बाँकी रहेको रकम समेत चाईनिज ग्रेपले भुक्तानी गरि सकेको पन्तले बताए । हिमालय ईन्फोटेकले घाघरा खोला डाईभर्सन गर्दा गर्दै आधा काम गरेर भागेको पन्तको भनाई छ । अहिले चाईनिज ग्रुपले स्थानिय नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालीलाई काम गर्न दिएको र कार्य प्रगतिमा रहेको फुर्वा छिरिङ्ग शेर्पाले बताए ।
२०१७ को डिसम्बर (२०७४ पुस) अन्तिम सम्म निर्माण कार्य सकिने लक्ष्य राखिएकोमा अहिले सोही लक्ष्य प्राप्त गर्न सम्पूर्ण टिम प्रयत्नशिल रहेको परियोजना निर्देशक ओम शर्माको भनाई छ । “यसको लागी अहिले सबै काम एक साथ शुरु गरिएको छ । रातीमा पनि काम गर्न त्यही अनुसारको जेनेरेटर ल्याईएको छ ” शर्माले भने । “मरे तुल्य रहेको योजनालाई तिव्रता दिन बर्तमान बिषम परिस्थितिका बावजुद अहिले २५ प्रतिशत काम ओगटने गरि शुरुवात गरेका छौ । ”
लक्ष्य अनुसार प्रगति पाउन अहिले बिभिन्न तत्व बाधा परेको उनले बताए । देशको बिषम परिस्थितिले बिमानास्थल निर्माण कार्यमा अवरोध गरिरहेको शर्माको भनाई छ । माग अनुसारको ईन्धन नपाउनु तथा बिद्युतको कमिको कारण निर्माण सामाग्री सञ्चालन गर्न कठिनाई परेको शर्माले बताए । अहिले परियोजनाको काम शत प्रतिशत रुपमा शुरु गर्न दैनिक १२ हजार लिटर ईन्धनको आवश्यकता रहे पनि बर्तमान परिस्थितिको कारण सातामा मात्र १२ हजार लिट ईन्धन पाईरहेको शर्माको दुखेसो छ । उनले स्थानिय स्तरमा यसको समाधान नहुने भन्दै बिमानास्थल निर्माण कार्यको लागी केन्द्रबाट नै कोटा निर्धारण गर्नु पर्ने आवश्यकता रहेको बताए ।
om sharmaयसका साथै स्थानिय स्तरमा नदीजन्य पदार्थको उपलब्धता नभएको कारण निर्माण कार्य प्रभावित भएको परियोजना निर्देशक ओम शर्माले बताए । बिमानास्थल भावन मार्ग निर्माण कार्यको लागी १ लाख २० घन मिटर माटो आवश्यक रहेको र त्यो मर्चवार क्षेत्रमा पाइने कारणले अहिलेको अवश्थाको कारण ल्याउन नसकेको बताए । यसै गरि करिब ६ लाख घनमिटर नदीजन्य पदाथए बालुवा, ढुङ्गा, गिट्टी आवश्यक पर्ने भए पनि अहिले त्यो पनि नपाईएको शर्माको भनाई छ ।
नदी जन्य पदार्थको लागी स्थानिय प्रशासन हुदै मन्त्रालयमा माग गरेको र यस बारे चाडै नै जवाब आउने शर्माको भनाई छ । माथीको प्रयासबाट जिविसबाट तोकेको रकम तिरी परियोजनाको लागी सिधै नदी जन्य पदार्थ ल्याउन पाए त्यो परियोजना समयमा सकिन मद्दत पुग्ने शर्माको भनाई छ ।
बिमानास्थल निर्माण कार्य शुरु भएको केही दिन पछि नै गएको भुकम्प, बर्षा तथा लगातारको बन्दको कारण लक्ष्य अनुसारको काम नभएको शर्माले स्विकार गरे । उनले २०१५ को नोभेम्बर(२०७२ को मंसिर) सम्म ११ दशमलव ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहे पनि करिब ३ दशमलव ५० प्रतिशत मात्र काम गर्न सकिएको बताए । अहिले पनि प्रयाप्त ईन्धन नपाएको कारण २५ प्रतिशत मात्र काम गर्न सकिएको शर्माको बनाई छ । अहिले ईन्धन कटौती गरेर दैनिक १ हजार लिटर खपतमा ल्याउने योजना रहेको छ । ईन्धन उपलब्ध हुन साथ सत्र प्रतिशत काम शुरु गरि लक्ष्यमा नै सकाउन प्रयत्नशिल रहेको छ ।
बिमानास्थल निर्माण कार्य अन्र्तगत अहिले निर्माण भै रहेको धानवमार्ग १ दशमलव २५ मिटर उचाई, ३ हजार मिटर लम्बाई तथा ७० मिटर चौडाईको हुनेछ । चौडाई मा दुवै किनारमा १५÷१५ मिटर छोेडिने छ । स्तरोन्नतीपछि भैरहवा स्थित गौतम बुद्ध बिमानास्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानास्थलको बिकल्पको रुपमा प्रयोग गरिने छ । अहिलेको बिमानास्थलको धावनमार्ग १ हजार ५ सय २४ मिटर लम्बाई तथा ३० मिटर चौडाईको रहेको छ । अहिलेको गौतम बुद्ध बिमानास्थलमा एटिआर, बिचक्राफ्ट जस्ता साना हवाईजहाजहरुको लागी हो भने स्तरोन्नती पछि बोईङ्ग, एयरबस जस्ता ठूला बिमानहरुलाई पनि काठमाण्डौंको बिकल्पको रुपमा भैरहवा उतार्न सकिने कार्यक्रम निर्देशक ओम शर्माले बताए ।
२०१५ को नोभेम्बर(२०७२ को मंसिर) सम्म ११ दशमलव ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहे पनि करिब ३ दशमलव ५० प्रतिशत मात्र काम गर्न सकिएको छ । अहिले पनि प्रयाप्त ईन्धन नपाएको कारण २५ प्रतिशत मात्र काम गर्न सकिएको छ भने  अहिले ईन्धन कटौती गरेर दैनिक १ हजार लिटर खपतमा ल्याउने योजना रहेको छ ।
२ चरणमा काम गर्ने भए पनि हाललाई १ चरणको मात्र ग्लोबल टेण्डर आव्हान गरि सोही अनुसार काम अगाडी बढी रहेको छ । पहिलो चरणको अन्तिम अन्तिममा मात्र दोश्रो चरण शुरु गर्ने भए पनि त्यसको लागी ग्लोबल टेण्डर आव्हान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको शर्माको भनाई छ । पहिलो चारणमा नया अन्तराष्ट्रिय टर्मिनल भवनको निर्माण, ३ हजार मिटरको धावनमार्ग र त्यसकै सामानान्तरमा ट्याक्सी मार्ग, कन्ट्रोल टावर र प्रशासकिय भवन, मूख्य सब स्टेशन, नहर लगायतको काम हुनेछ । यसै गरि दोश्रो चरणमा सञ्चार सामाग्रीहरुको आपूर्ति तथा जडान, सर्विलान्स, एयर ट्राफिक ब्यावस्थापन सामाग्री जडान, अग्नि शमन यन्त्र तथा अन्य गाडीहरु खरिद तथा अन्य कामहरु गरिने छ ।gautam
दक्षिण एशियाको पर्यटन प्रवद्धैनको लागी भौतिक पूर्वाधार आयोजना अन्र्तगत एशियाली बिकास बैंकको अनुदान तथा कर्जामा गौतम बुद्ध बिमानास्थल स्तरोन्नति गर्न नेपाल सरकारले चाईनिज कम्पनी नर्थवेस्ट सिभिल एभिएसन बिमानास्थल निर्माण समुहलाई ग्लोबल टेण्डर मार्फत दिएको छ । मुअक सहित कुल करार मुल्य ६ अरब २२ करोड, ५१ लाख २० हजार २ सय २८ रुपैया रहेकोमा एशियाली बिकास बैंकको १८ प्रतिशत अनुदान, तथा ४० दशमलव ५ प्रतिशत कर्जा, यसै गरि अन्तराष्ट्रि बिकासको लागी ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधीकरणको ११ प्रतिशत लगानीबाट बिमानास्थल निर्माण हुनेछ ।
Source:Ratopati.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages