यस वर्षको घुम्नै पर्ने १० देशको सूचिको पहिलो नम्बरमा नेपाल पर्‍यो - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, January 5, 2016

यस वर्षको घुम्नै पर्ने १० देशको सूचिको पहिलो नम्बरमा नेपाल पर्‍यो

यस वर्षको घुम्नै पर्ने १० देशको सूचिको पहिलो नम्बरमा नेपाल पर्‍यो


काठमाडौं–सन् २०१६ मा घुम्नै पर्ने १० देशको सुचिमा नेपाल पहिलो नम्बरमा परेको छ । ट्राभलसम्बन्धी अमेरिकी वेवसाइट रफगाइड्सले सन् २०१६ मा घुम्नै पर्ने मुलुकको सूचिमा नेपाललाई पहिलो सूचिमा राखेको हो । 
Fullscreen capture 152016 31318 PM
नेपालाई घुम्नै पर्ने देशको पहिलो सुचिमा राख्दै साइटमा उल्लेख गरेको छ, ‘विनाशकारी भुकम्प र त्यसपछिको पराकम्पनका कारण नेपालको पर्यटन उद्योग तहसनहस भएको छ । सयौं हजार जनता घरबारविहिन भएका छन् भने अझैं पनि मानिसहरु पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन सकेका छैनन् । देशका एतिहासिक सम्पदाहरु विस्तारै पुर्ननिर्माणको क्रममा छन् । टे«किङ रुटहरु विस्तारै खुल्दै छन् ।’
साइटमा स्थानीय स्तरमा होम स्टेसमेत रहेको र त्यहाँ खर्च हुने डलर तल्लो तहसम्म पुग्ने भन्दै भूगोलको अनुपम स्वरुप रहेको नेपाल पर्यटकको पहिलो रोजाईमा पर्न सक्ने उल्लेख गरिएको छ ।
यस्तै २०१६ को घुम्नै पर्ने देशको दोस्रो सूचिमा कोलम्बिया रहेको छ भने तेस्रोमा क्युवा, चौथोमा जोर्डन, पाचौंमा अल्बानिया, छैटौंमा रोमानिया, सातौंमा अल साल्भाडोर, आठौंमा वेल्स, नऔंमा केन्या र पुछारमा श्रीलंका रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages