राष्ट्रसंघमा पनि गरे मोदीले नेपालको प्रशंसा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Sunday, September 28, 2014

राष्ट्रसंघमा पनि गरे मोदीले नेपालको प्रशंसा

राष्ट्रसंघमा पनि गरे मोदीले नेपालको प्रशंसा

  • हिन्दीमा सम्बोधन गर्दा हिन्दूस्तानी खुशी


काठमाडौं, आश्विन १२ - संविधानसभामा नेपालबारे धाराप्रवाह भाषण गरेर मन जितेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघमा पनि नेपालको प्रशंसा गरेका छन् ।
न्यूयोर्कमा जारी राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गर्दै मोदीले नेपालको शान्तिप्रक्रियालाई विश्व समूदायमा उदाहरणकोरुपमा प्रस्तुत गरेका छन् । 'आज विश्वमै लोकतन्त्रको लहर छ,' उनले भने, 'नेपाल युद्धपछि शान्ति र लोकतन्त्रतर्फ अगाडि बढेको छ ।'
मोदीले नेपालसहित दक्षिण एसियाली मुलुकहरु शान्ति र लोकतन्त्रतर्फ प्रस्थान गरेको उल्लेख गरे । अफगानिस्तानमा शान्तिपूर्ण परिवर्तन भएको, भूटानमा लोकतन्त्रका लागि नयाँ ताकत आएको बताए ।
मोदीले राष्ट्रसंघमा पनि हिन्दीमा सम्बोधन गरेका थिए । उनले यसअघि भूटान, नेपाल र जापान भ्रमणमा पनि अंग्रेजी प्रयोग गरेका थिएनन् ।
१५ मिनेट समय पाएका मोदीले ३४ मिनेट लामो भाषण गरे । मोदीले राष्ट्रसंघमा हिन्दीमा सम्बोधन गर्दा महासभामा उपस्थित भारतीय सहभागी कुटनीतिज्ञहरुले करिव आधा मिनेट ताली बजाए । ताली ठोक्नेमा प्रधानमन्त्री सुशील कोइराला पनि थिए ।
मोदीले राष्ट्रसंघमा हिन्दीमा सम्बोधन गरेको भन्दै भारतीयहरुले खुशी प्रकट गरेका छन् । मोदीको सम्बोधनलगत्तै राष्ट्रिय टेलिभिजन दूरदर्शनले विभिन्न बौद्धिक र भाषाविद्सँग अन्तर्वार्ता गर्‍यो भने जनताको मत लिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages