- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, September 1, 2014

क्यानडामा एकलाख भन्दा बढी कामदारहरुको माग



क्यानडा सरकारले आगामी २०१५ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दै रहेको सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुलेसरकारी Job Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् ।

क्यानडा सरकारबाट सँचालित उक्त जबव्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको कामदारको लागि निःशुल्करुपले विज्ञापन प्रकाशित गर्न पाउने छन् । सोही जवब्याँक मार्फत बिदेशीहरुले क्यानडाका कम्पनी तथा काम दिलाउने एजेन्सीहरु (recruiting agencies) सँग सिँधा सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्न सक्नेछन् ।

www.jobbank.gc.ca वेभ साइट रहेको उक्त जवब्याँकमा खोजी गर्दा अधिकाँश दक्ष जनशक्तिको माग बढि रहेको देखिएको छ । उदाहरणका लागि त्यसमा Electrician को लागि खोजी गर्दा नौ सय भन्दा बढी व्यक्तिहरुको माग भएको देखाउँछ भने Driver भनी खोजी गर्दा करिब चार हजार व्यक्तिहरु माग भएको देखाउँदछ ।

बिदेशी कामदारहरुले आफ्नो एकाउण्टसमेत खोली आफ्नो विवरण राख्न सकिने र क्यानेडिएन कम्पनीहरुसँग सिँधा सम्पर्क समेत गर्न सकिने सो जवब्याँकमा जनाइएको छ ।

आगामी जनवरी २०१५ देखि क्यानडा सकारले सबै प्रकारका व्यवशायमा काम गरेका व्यक्तिहरुले आवेदन गर्न पाउने गरी Experss Entry प्रणाली लागू गर्दै छ । उक्त प्रणालीमा आवेदन गरेका व्यक्तिहरुले यही Job Bank एवं आफ्नै तवरले क्यानेडिएन कम्पनीहरुसँग सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्नुपर्ने हुन्छ । यसरी रोजगारीको अवसर पाइएमा क्यानडा सरकारले ६ महिना भित्रमा क्यानडाको स्थायी भिसा प्रदान गर्न सक्ने छ ।

क्यानडामा हाल करिब ७ प्रतिसत व्यक्तिहरु बेरोजगार रहेका छन् भने करिब एक करोड ८० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न पेशामा संलग्न रहेका छन् । त्यसैगरी यहाँका कामदारहरुले महिनामा करिब चार हजार डलर कमाउने तथ्याँक रहेको छ ।

संसार कै दोश्रो ठूलो देश क्यानडामा जम्मा तीन करोड चालिस लाख जनसंख्या रहेको छ भने करिब बीस हजारको संख्यामा नेपालीहरु रहेको अनुमान छ ।

क्यानडा नेपालीहरुका लागि विगत एक दशकदेखि सपनाको देश रहेको क्यानडा जान इच्छुक व्यक्तिहरु बताउँदछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages