- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, August 26, 2014

ऋषि धमलालाई सभासदमा सिफारिस गरेका छैनौं : साना दल
मलाई ३२ सै दलको समर्थन चाहिन्छ : धमला



१० भदौ, काठमाडौं । पत्रकार ऋषि धमलाले आफूलाई सभासदमा मनोनयनका लागि १२ साना दलले सिफारिस गरेको भनेर ढाँटेको साना दलका नेताले गुनासो गरेका छन् । धमलाले भने आफ्नो नाम साना दलका नेताले प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको दाबी गरेका छन् ।
Rishi Dhamala..साना दलका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेपछि धमला अध्यक्ष रहेको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेका थिए । लगत्तै रिपोर्टस क्लबले इमेलमार्फत पठाएको समाचारमा संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासदमा पत्रकार ऋषि धमलाको नाम सिफारिस गरेको उल्लेख छ ।
थरुहट तराई पार्टीका अध्यक्ष गोपाल दहित, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार खुम्बु र नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले पत्रकारहरुका तर्फबाट धमलाको नाम सिफारिस गरेको रिपोर्टस क्लबको समाचारमा उल्लेख छ ।
तर, धमलाको क्लबले पठाएको बुलेटिनमा उल्लेख भएका दलहरुले सभासदका लागि उनको नाम सिफारिस नगरेको अनलाइनखबरलाई बताएका छन् ।
पत्रकार धमलालाई सभासदमा सिफारिस गरेको हो भन्ने प्रश्नमा सभासद दहितले अनलाइनखबरसँग भने-’हामीले कुनै व्यक्तिको नाम सिफारिस गरेका छैनौं, राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका व्यक्तिहरु पर्नुपर्छ, त्यसमा पत्रकार पनि पर्नुपर्छ भनेका हौं ।’
प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस र एमाले नेताहरुसँग भएको भेटमा २६ सभासद मनोनितबारे कुराकानी भएको र आफूहरुले अन्तरिम संविधान र सर्वोच्च अदालतको आदेशअनुसार सभासद मनोनयन गर्न भनेको दहितले बताए ।
मलाई ३२ दलको समर्थन चाहिन्छ : धमला
पत्रकार ऋषि धमलासँग यसबारे जिज्ञासा राख्दा उनले आफ्नो नाम साना १२ दलले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको दाबी गरे । साथै उनीहरुले रिपोर्टस क्बलमा समेत आएर आफ्नो नाम घोषणा गरेको धमलाले अनलाइनखबरलाई बताए ।
‘प्रधानमन्त्रीलाई भेटेर मेरो नाम प्रस्ताव गरेछन्, यहाँ पत्रकार सम्मेलन पनि गरे,’ धमलाले अनलाइनखबरसँग भने- ‘ उनीहरुले लाई ल्याउने भनेका छन्, तर मैले संविधानसभामा रहेका ३२ सै दलको समर्थन चाहिन्छ भनेको छु ।’

यस्तो थियो रिपोर्टस क्लबबाट प्रेसित समाचार


छब्बिसमा १२ दलका साझा उम्मेदवार ऋषि धमला
सरकार गम्भिर नभए समर्थन फिर्ता लिन्छौं


काठमाडौ, १० भदौ । संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यमा आफूहरुको तर्फबाट रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम सिफारिस गरेका छन । दलित जनजाती पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल लगायतका १२ दलका अध्यक्षहरुले आज संयूक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहरुको तर्फबाट २६ मनोनयनमा परेको भागको एक जनाको ठाँउमा धमलाको नाम सिफारिस गरेका हुन । उनीहरुले राजाको शासनमा लोकतन्त्रको लागि सडक संसद चलाएर आन्दोलन चलाएको, सबैको साझा फोरमको रुपमा सहमतिको लागि भूमिका निर्वाह गरेको भन्दै धमलाको नाम सिफारिस गरेका हुन । प्रधानमन्त्रीलाई भेटेपछि संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले धमलाको नाम आफूहरुले सिफारिस गरेको जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष गोपाल दहितले आफूहरुले पत्रकारहरुको तर्फबाट उनले खेलेको भूमिकाको सम्मान गर्दै सभासदकोलागि नाम सिफारिस गरेको जानकारी दिदै संविधान निर्माणको कार्यतालिका अनुसार संविधान निर्माणलाई अघि बढाउन धमलाले बाहिर जस्तै समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । उनले आफूहरुले प्रधानमन्त्रीलाई सरकारलाई समर्थन गरेका सानादलहरुको तर्फबाट सभासद मनोनयन गर्नु पर्ने र सरकारमा समेत सहभागि गराउनु पर्ने भन्दै नगरे सररकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको बताए । दहितले प्रधानमन्त्रीले चुनाव हारेका र समानुपातिकको सूचिमा परेकाहरुलाई २६ मा मनोनित नगर्ने स्पष्ट पारेको जानकारी समेत दिए । खुम्बुवान राष्ट्रिय मोर्चा का अध्यक्ष रामकुमार खुम्बुले पत्रकारहरुको प्रतिनिधित्व गराउन धमलाको नाम सिफारिस गरेको भन्दै उनले लोकतन्त्र कठिन अवस्थामा रहेको बेला खेलेको भूमिका र सहमतिको लागि गरेको कामको सम्मान गर्दै ठूला दलहरुले पनि समर्थन गर्नु पर्ने सुझाव दिए । उनले संघीय पहिचानसहितको संविधान बनाउनु पर्नेमा जोड दिए । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ऋषि धमला जस्तो सबैलाई समेट्न सक्ने ब्यक्तित्वको संविधानसभामा आवश्यकता महसुस गरेर उनको नाम सिफारिस गरेको बताए । उनीहरुले प्रधानमन्त्रीसंगको भेटमा आफूहरुको तर्फबाट पनि राजदुत नियुक्ती गर्नुपर्ने माँग राखेको प्रष्ट पारेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages