- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, August 14, 2014

http://lumbinionlinekhabar.blogspot.com/

शरद भेषावकर अमेरिका जाने

काठमाडौं, साउन २९ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं भरपर्दा ब्ययाट्सम्यान शरद भेषवाकर अमेरिकाको सिकागो शहरमा हुने स्थानीय प्रतियोगितामा भाग लिन त्यसतर्फ जाने भएका छन् । भेषावकर विहीबार बेलुकी अमेरिका प्रस्थान गर्नेछन् ।
अगष्टको अन्तिम हप्ता हुने प्रतियोगितामा भेषावकरले पञ्जाब लायन क्लवबाट खेल्ने छन् । लोभेश कालियाको स्वामित्वमा रहेको पञ्जाब लायन्समा पाकिस्तानका मोहम्मद स्यामी, शब्बिर अम्मेद र वेष्ट इन्डिजका मर्भिन डिलियनजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी पनि रहेका छन् ।
सिकागोमा हुने स्थानीय प्रतियोगितासँगै भेषावकरले बिदाको समयमा नर्थ हेक्सास लिगमा खेल्ने छन् । भेषवाकरले उक्त प्रतियोगितामा खेल्ने अवसर नेपालका अर्का खेलाडी राकेश कर्णमार्फत पाएका हुुन् । कर्णले यस अघिदेखि नै यो क्लबबाट खेल्दै आएका थिए । प्रतियोगितापछि भेषावकर सेप्टेम्बरको दोस्रो हप्ता नेपाल फर्कने छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages