- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, August 5, 2014

http://lumbinionlinekhabar.blogspot.com/

मोदीलाई माला लगाउन र अटोग्राफ लिन भ्याउने बालिका सुरक्षा नियन्त्रणमा

काठमाडौँ, २१ साउन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै सुरक्षा घेरा पार गरेर फूलको माला पहिर्याउने एउटी बालिका सुरक्षाकर्मीको नियन्त्रणमा परेको खुलासा भएको छ । विमानस्थलबाट कडा र व्यवस्थित सुरक्षाका बीच मोदीलाई बौद्धस्थित हायात होटल लगिएको थियो ।

घटना के भएको थियो ?

नेपाल प्रहरीको बाहिरी सुरक्षा घेरा र त्यसपछि नेपाली सेनाको भित्री सुरक्षा घेरा, भारतीय नीजि सुरक्षा अङ्गरक्षकको घेरा हुँदाँहुँदै सात, आठ वर्षकी ती बालिका हातमा माला लिएर मोदी तर्फ दौडिएकी थिइन् । उनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले ती बालिकालाई रोक्न खोजको थियो । सेनाले रोक्दा रोक्दै सवारी मन्त्रीको काम गरिरहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ती बालिकालाई बोकेर मोदी तर्फ लगे । मन्त्रीले नै बोकेपछि सुरक्षाकर्मी पछि हटेका थिए । मन्त्रीले बोकेकै अवस्थामा ती बालिकाले मोदीलाई माला लगाइ दिएकी थिइन् । त्यतिबेला मोदी लबीबाट आफ्ना लागि निर्धारण गरिएको कक्षतिर जाँदै थिए । सुरक्षास्रोतका अनुसार फूलमाला बोकेकी बच्ची मन्त्रीसँग देखेपछि मोदीले रोकिएर 'आइए आइए' भनेका थिए अन्नपूर्ण पोष्टमा समाचार छ । त्यसपछि सुरक्षार्कीले अतिविशिष्ट पाहुनाको कार्यक्रम हेरे, तर कतै पनि होटेलको लबीमा बालिकाद्वारा माला लगाइ दिने कार्यक्रम तय थिएन । त्यसपछि सुरक्षाकर्मीले ती बालिकालाई केही समयसम्म नियन्त्रणमा लिएको थियो । 'निर्धारित कार्यक्रमभन्दा पृथक काम भएपछि बालिका को हुन् र उनी त्यहाँसम्म कसरी पुगिन् भन्नेबारे चासो स्वभाविक हो', नेपाल प्रहरीका एक उच्च अधिकारीले भने । 'प्रहरी घेराभन्दाभित्रको विषय भए पनि विशिष्ट व्यक्तिको सुरक्षाको कुरा भएकाले केही सोधपुछ भएको हो प्रहरीका उच्च अधिकारीलाई उदृत गर्दै अन्नपूर्णमा चूडामणि भट्टराई लेख्छन् ।

को हुन् ति बालिका ?

भारतीय दूतावासभित्रै रहेको केन्द्रीय विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी ती बालिका रजनी शर्मा थिइन् । सुरक्षाकर्मीको सोधपुछका क्रममा उनले अनमोल क्याटरिङका मालिक बीएल शर्माकी नातिनी भएको बताएकी थिइन् । उनका नातेदार हायात होटलको व्यवस्थापनको तहमा काम गर्ने भएकाले उनलाई लबीसम्म पुग्ने वातावरण बनेको सुरक्षाकर्मीको निष्कर्ष छ । होटेल प्रवेशमा धेरै कडाइ गरेकाले जो पायो त्यही पुग्न सक्ने अवस्था नआए पनि उनी अचानक मालासहित देखा पर्नु र बिना कुनै पूर्व निर्धारित कार्यक्रम मन्त्रीले नै बोकेर माला लगाइ दिने अवस्था आउनुलाई सुरक्षा निकायहरुले स्वाभाविक मानेका छैनन् । उनको बयानपछि बालिका शर्मा आफ्नो निश्चल मनका साथ त्यहाँ पुगेकाले सुरक्षामा कुनै समस्या महशूस नभएको निष्कर्षमा पुगेपछि सुरक्षकर्मीले उनलाई अभिभावकको जिम्मा लगाएका थिए । उक्त समय बालिका शर्माले मोदीको अटोग्राफ लिन समेत भ्याइन् । उनले बोकेको सानो नोटप्याडमा मोदीले आफ्नो नाम र टेलिफोन नम्बरसहित हस्ताक्षर गरिदिएका थिए । होटेल पस्दापस्दैको यो घटनापछि मात्र मोदीले आफ्ना नेपाली धर्मपुत्र जीतबहादुर सारु मगरको परिवारका सदस्यसँग भेट गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages