- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, August 25, 2014

१७ वर्षमुनिको विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली युवा टोली सोमबार थाइल्यान्ड जाने


भदौं २१ देखी थाइल्यान्डमा हुने एएफसी यु–१६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने टोलीले अर्को वर्ष हुने यु–१७ विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन्।
अन्तराष्ट्रिय प्रतियोगिताका लागि अहिलेसम्मकै राम्रो तयारी गरेको युवा टोलीले च्याम्पियनसिपको समूह चरणमा उत्तर कोरिया, कुवेत र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपाली युवा टोलीले च्याम्पियनसिपको अर्कै
समूहमा परेको आयोजक
थाइल्यान्डको यु–१६ टोलीसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ।
थाइल्यान्ड जान लागेको २२ सदस्यीय युवा टोलीलाई सोमबार अखिल नेपाल
फुटबल संघ (एन्फा)ले विदाई गर्ने टिम व्यवस्थापक दीनेश व्यन्जनकारले जानकारी गराए।
नेपाली टोली सोमबार नै थाइल्यान्ड जाने तयारीमा रहेको एन्फा उपाध्यक्ष
एवम प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए।
युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अहिले
सम्मको तयारी उत्साहजनक
रहेको बताए। ‘च्याम्पियनसिपको लागि तयारी करिब पूरा भइसकेको छ', प्रशिक्षक महर्जनले
भने, ‘हामी त्यहाँको मौसमसँग घुलमिल हुन चाढै जान लागेका हौं। त्यहाँ गएर आयोजकसँग मैत्रीपूर्ण खेल्न पाउँदा टिमलाई तिखार्ने थप मौका मिल्नेछ।'
विश्वकपलाई छनोट हुने
लक्ष्यमा त्यहीअनुसारको तयारी गरेको बताउँदै प्रशिक्षक महर्जनले थपे, ‘युवा टोलीले अहिले सम्मकै उत्कृष्ट
तयारी गर्ने मौका पाएको छ। पर्याप्त मैत्रीपुर्ण खेल खेलेका छौं। तयारीबाट उत्साही छौं। हाम्रो लक्ष्य थाइल्यान्डबाट यु–१७ विश्व कपको लागि छनोट भएर फर्कने हो।'
समुह ‘सी' मा रहेको नेपालले मुआङथाङ युनाइटेड रंगशालामा भदौं २२ गते
उज्वेकिस्तान र भदौं २४ गते कुवेतसँग खेल्नेछ। नेपालले भदौं २६ मा उत्तर कोरियासँग
राजमानगाला रंगशालामा समुह
चरणको अन्तिम खेल खेल्नेछ।
युवा टोलीले दक्षिण कोरियामा दुई हप्ता र वेल्जियममा १ हप्ता विशेष अभ्यास गरेर फर्किएको थियो। तसक्रममा कोरियामा ३ र बेल्जियममा २ मैत्रीपूर्ण खेल खेलेको थियो।
युवा टोलीलाई पछिल्लो ३ वर्ष
देखी प्रशिक्षण गराउँदै
आएका प्रशिक्षक महर्जन
खेलाडीको मनोबल, फिटनेस र
स्किलमा धेरै सुधार आएको बताउँछन। ‘हामीसँग अहिले ज्यादै प्रतिभावान र
उच्च मनोबल भएका खेलाडी छन्। कप्तान विमल घर्तीमगरसँग बेल्जियमको एन्डरलेकजस्तो क्लबबाट
खेलेको अनुभव छ। अन्य खेलाडी पनि धेरै राम्रो क्षमता भएका छन,' उनले भने,
‘थाइल्यान्डमा हामीले
बलियो टोलीसँग खेल्नुपर्ने भएकाले त्यहीअनुसार रणनीति तयार गरेका छौं।' विमललाई बेल्जियमको एन्डरलेक क्लबले
युवा टोलीमा प्रशिक्षण गर्न पाउने गरि एक वर्षको लागि अनुबन्धन गरेको छ। चार दिन अघि विमल बल्जियमबाट फर्केर युवा टोलीको प्रशिक्षणमा सहभागि भएका थिए।
युवा टोलीको प्रशिक्षणमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ज्याक स्टोफानोस्की र राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएर काम
गरिसकेका उपेन्द्रमान सिंहले सहयोग गरिरहेका छन्।
अर्को वर्ष चिलीमा २४
देशको सहभागितामा हुने यु–१७ विश्वकपमा एसियाबाट एएफसी यु–१६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार टोलीले खेल्नेछन।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages