- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, August 5, 2014

http://lumbinionlinekhabar.blogspot.com/
मोदीले पशुपति दर्शन गरेको भन्दै भारतको लोकसभामा हंगामा


काठमाडौ, श्रावण २० - दुई दिने नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पशुपति दर्शन गरेको भन्दै भारतीय संसदको तल्लो सदन लोकसभामा हंगामा भएको छ । यही विवादमा मंगलबार लोकसभा वैठक स्थगित गर्नुपरेको भारतीय सञ्चार माध्यम नव भारत टाईम्सले आफ्नो अनलाईन संस्करणमा लेखेको छ ।

अल ईण्डिया तृणमुल कंग्रेसका सांसद सुदीप बंदोपाध्यायले संसद वैठकमा प्रधानमन्त्री मोदीले गत हप्ता इदको अवसरमा शुभकामना नदिएको तर नेपाल भ्रमणको क्रममा मन्दिरमा पूजा गरेको विचार राखेका थिए । उनले प्रधानमन्त्री मोदीले इदको शुभकामना दिनुपर्ने माग राखेका थिए ।

बंदोपाध्यायलाई जवाफ दिंदै संसदीय कार्यमन्त्री बैंकैया नायडुले सरकारले सबै धर्मप्रति समभाव राख्ने भन्दै प्रधानमन्त्री मोदीले इदको अवसरमा शुभकामना दिएको दाबी गरे ।

नायडुको जवाफप्रति असन्तुष्ट कंग्रेसका अर्का सांसद अधीर रञ्जन चौधरीले बैठकमा बोल्नको लागि अनुमति मागेका थिए । तर सभामुखले उनलाई बोल्ने अनुमति नदिएपछि बिपक्षी सांसदहरुले सभामुखको रोष्टम घेरेर बैठक अवरुद्ध पारेका थिए ।

केहीबेर स्थगित भएर सुरु भएको वैठकमा सभामुखले चौधरीलाई बोल्ने समय दिएका थिए तर उनको मन्तव्यको क्रममा निजी कुरा राखेको भन्दै सभामुखले उनलाई बीचमै रोकेपछि कंग्रेस र समाजवादी पार्टीका सांसदले पुन बैठक अवरुद्ध गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले पशुपति मन्दिरको दर्शन गर्ने क्रममा सोमबार बिहान धर्मशाला बनाउनको लागि २५ करोड रुपैयाँ दिने आश्वासन दिएका थिए । साथै, उनले मन्दिरमा २५ सय केजी श्रीखण्ड दान गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages