- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, August 14, 2014

http://lumbinionlinekhabar.blogspot.com/

अविरल वर्षा अझै दुई दिन निरन्तर रहने

'बाढी पहिरो जस्ता प्राकृतिक बिपत्ति आउँदैछ'

२९ साउन, काठमाडौं । कृषकले धान खेतिको मैझारो गर्नै लाग्दा केही दिनयता देशैभरी अविरल वर्षात भइरहेको छ । अविरल वर्षातका कारण तराईमा डुबान शुरु भएको छ भने पहाडमा बाढी पहिरोको प्रकोप बढ्न थालेको छ । मनसुन सक्रिय भएको दुई महिना हुन लाग्दा दुई दिनअघिबाट देशैभरी भइरहेको वर्षात अझै दुई दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ‘
अहिले देशैभरी अविरल वर्षात भइरहेको छ, यो प्रक्रिया शनिबार बेलुका सम्म निरन्तर चल्ने छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘न्यून चापीय क्षेत्रको रेखा नेपालको मेचीदेखि महाकालीसम्मै परेकाले देशैभर वर्षात भइरहेको हो ।’

बिपत्ति आउन सक्छ
मनसुन शुरु भएपनि कमजोर सक्रियताका कारण कृषकले धान रोपाइँ गर्न पाएका थिएनन् । आकाशे पानीमा भर परेका कृषकहरुले धानको वीउ मरेपछि धेरै स्थानमा रोपाइँ गरेकै छैनन् । ‘अहिलेको वर्षाले ढिलो धान रोप्ने कृषकलाई राहत भएको छ, छिटो धान रोप्नेलाई भने फाइदा गर्दैन’मौसमविद पौडेलले भने, ‘लगातारको वर्षातका कारण बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति पनि आउन सक्छ ।’

आइतवारसम्म झरी
मौसम पूर्वानुमान महाशाखाले न्यून चापीय क्षेत्रको रेखाले पूरै देशलाई छोएकाले त्यो रेखा अन्यत्र सर्न अझै तीन दिन लाग्ने जनाएको छ । महाशाखाले आइतबारबाट मात्रै वर्षात कम हुने जनाएको छ । यो वर्षभरी नै पानी कम पर्ने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । ‘यो मनसुनमा अघिल्ला वर्षभन्दा कम पानी परेको छ’, मौसमविद पौडेलले भने, ‘यो वर्षभरी नै समग्रमा कम पानी पर्छ ।’
नेपालमा वर्षात भइरहँदा भारत र बंगलादेशमा वर्षात नभएको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले क्षेत्रीयरुपमा फकर फरक ठाउँमा मनसुन सक्रिय भइरहेकाले सोही अनुसार पानी पर्ने गरेको जनाएको छ ।
-

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages