- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, August 14, 2014

http://lumbinionlinekhabar.blogspot.com/

कोशीमा पानीको बहाव यो वर्षकै उच्च
खतराको संकेत दिन रातो झन्डा फहराइयो


२९ साउन, सुनसरी । केही दिनयताको अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । विहीबार विहान सप्तकोशी नदीमा पानीको बहाव २ लाख ६५ हजार १ सय ९६ प्रतिसेकन्ड क्युसेक मापन भएको हो ।
Koshi Baragageपानीको बहाव २ लाख क्यूसेकमाथि पुगेपछि कोशीका ३८ ढोका खोलिएको छ । पानीको बहाब उच्च् भएपछि कोशी ब्यारेजको दुवैतर्फ खतराको सूचना दिन रातो झन्डा गाडिएको छ। बिहीबार विहान मापन गरिएको पानीको बहाव बहाव २०६५ सालमा पूर्वी तटबन्ध फुट्दाको भन्दा धेरै हो ।
पानीको बहाव बर्षकै उच्च भएको अवस्थामा कोसी ब्यारेजका ५६ ढोका मध्ये ३८ ढोका मात्र खोलिएका छन्। भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेजमा पानीको बहाव २ लाख क्यूसेक नाघेपछि सबै ढोका खोल्नु पर्ने स्थानीयले माग गरेका छन्।
सप्‍तकोशीमा पानीको बहाव बढेपछि सुनसरीको महेन्द्रनगर, हरिपुर, प्रकाशपुर रबराहक्षेत्र गाविसकाकोशीप्रभावित गाविसका खेतियोग्य जमिन डुबानमा परेका छन्।
कोशी व्यारेजले प्रति सेकेन्ड ९ लाख क्यूसेक पानी धान्न सक्ने गरी बनाइएको थियो । २०६५ भदौ २ गते १ लाख ६८ प्रतिसेकेन्ड क्युसेक पानीको बहाव भएकाले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काउँदै सप्तकोशीले सुनसरीका ४ वटा गाविस डुबाएको थियो । भारतको विहारमा पनि कोशीले उठीबास लगाएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages