कोरियन भाषा परीक्षाका लागि २२ केन्द्र तोकियो
काठमाडौं : सरकारले आगामी असोज दोस्रो साता सञ्चालन हुने कोरियन भाषा परीक्षाका लागि उपत्यकाका विभिन्न २२ वटा स्थानमा परीक्षा केन्द्र कायम गरेको छ। यसमा १५ वटा केन्द्र काठमाडौंमा र सातवटा ललितपुरमा हुनेछन्। भाषा परीक्षा उपत्यकामा मात्र सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। आवेदन फारम भर्दा केन्द्र थोरै भएकाले भीडभाड
बढेको निष्कर्षसहित यसपटक परीक्षा केन्द्र बढाइएको हो। गत वर्ष जम्मा १७ वटामात्र
परीक्षा केन्द्र थिए। यसपटक परीक्षा दिनेको संख्यासमेत गत वर्षको तुलनामा धेरै छ। कोरियन भाषा परीक्षा असोज १० र ११ गते सञ्चालन हुँदैछ। ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले काठमाडौं र ललितपुरमा गरी २२ वटा स्थानमा परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए। 'गत वर्षभन्दा यसपालि परीक्षा दिनेको संख्या धेरै भएको तथा शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्न केन्द्र बढाइएको हो', उनले भने। काठमाडौंमा १५ र ललितपुरमा सातवटा परीक्षा केन्द्र कायम गरिएको छ। भाषा परीक्षा उपत्यकामा मात्र सञ्चालन हुनेछ। यसपटक लिटिल एन्जल्स कलेज (हात्तीवन), जेभियर एकेडेमी (लाजिम्पाट), जेभियर इन्टरनेसनल कलेज (कालोपुल), लिटिल एन्जल्स स्कुल (हात्तीवन), भीएस निकेतन कलेज तथा भीएस निकेतन स्कुल (तीनकुने) मा परीक्षा केन्द्र तोकिएको छ। यसैगरी एलआरआई स्कुल (कलंकी), भानुभक्त मेमोरियल स्कुल (पानीपोखरी), आदर्श विद्यामन्दिर (मानभवन), बागमती स्कुल (सुकेधारा), ईपीएस स्कुल (बानेश्वर) लगायत छन्। ईपीएस कोरिया शाखाका अनुसार दुवै दिन दुई सत्रमा परीक्षा हुनेछ। बिहान एक सत्र र दिउँसो अर्को सत्र गरी परीक्षा सञ्चालन गर्ने ईपीएसको तयारी छ। एउटा सत्रमा करिब हजार परीक्षार्थी हुनेछन्। यस आधारमा दुई दिनमा सबै परीक्षार्थीले परीक्षा दिन सक्नेछन्। भाषा परीक्षामा सामेल हुन ६२ हजार पाँच सय १४ जनाले आवेदन फारम बुझाएका छन्। परीक्षा मर्यादित बनाउन पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाउने र नक्कली परीक्षार्थीलाई सामेल हुन नदिन हरसम्भव उपाय अवलम्बन गर्ने निर्णयसमेत ईपीएस परीक्षा समितिले गरेको छ।

.jpg)
No comments:
Post a Comment