- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, September 13, 2014

भाइबरबाट अब भिडियो कल गर्न सकिने

Follow US on Facebook

भदौ २८ - अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् ।एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो ।पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरेर सित्तैमा भिडियो कल गर्न पाउने छन् ।
 आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ । भिडियो कलका साथै भाइबरले क्यु आर कोड स्क्यानको सुविधा पनि थपेको छ ।यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ भने एन्ड्रोइडतर्फ भाइबरको डिजाइन परिवर्तन गरेको छ । भाइबरको अहिले विश्वभर ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् । भिडियो कलको सुविधा थप भएसँगै यसको प्रयोगकर्ता पनि बढ्ने अनुमान गरिएको छ । अहिले भिडियो कलका लागि बढी चल्तीमा रहेको स्काइपलाई पनि यसले चुनौती दिने विश्लेषकले बताएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages