तमु समाज युएईको पहिलो बैठक सम्पन्न । - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, April 16, 2018

तमु समाज युएईको पहिलो बैठक सम्पन्न ।



तमु समाजको युएईको ११ औं महाधिवेशन पछि १३ अप्रील २०१८ शुक्रबार जाबेल पार्क दुबईमा तमु समाज युएईको अध्यक्ष श्रीमती उषा तमुस्यो ज्युको अध्यक्षतामा तमु समाज युएईका जेष्ठ अभिभावक श्रीमती गंगामती तमुस्यो ज्यु, निवर्तमान संरक्षक यम प्रशाद तमु ज्यु, निवर्तमान
सल्लाहकारहरु राजु तमु ज्यु, डेर राज तमु ज्यु र श्रीमती रुपा तमुस्यो ज्युको उपस्थितिमा पहिलो बैठक सम्पन्न भएको छ।

बैठक संचालन तमु समाज युएईका सचिव इन्द्र तमु ज्युले संचालन गर्नु भएको थियो। पहिलो बैठकले संरक्षक, सल्लाहकार, बिभिन्न बिभाग प्रमुख, संयोजक, सदस्यहरु चयन गराएको छ। संरक्षकमा- राजु तमु ज्यु प्रमुख सल्लाहकारमा- डेर राज तमु ज्यु, सल्लाहकारहरुमा- श्याम तमु ज्यु, शिवजंग तमु ज्यु र तारा तमु ज्यु, सदस्यहरुमा- किम तमुस्यो ज्यु र जम्बो तमु ज्यु, महिला बिभाग प्रमुखमा- उर्मिला तमुस्यो ज्यु , उप-प्रमुखमा- रमिला तमुस्यो ज्यु, सांस्कृतिक बिभाग प्रमुखमा- अमृत तमु ज्यु र उप-प्रमुखमा- किरण तमु ज्यु खेलकुद बिभाग प्रमुखमा- सन्तोष तमु ज्यु र उप-प्रमुखमा- जम्बो तमु ज्यु, उद्धार बिभाग प्रमुखमा- नन्दजंग तमु ज्यु संगठन बिभाग प्रमुखमा- मुनिन्द्र तमु ज्यु र उप-प्रमुखमा- सन्जय तमु ज्यु चयन गरीएको छ। तमु समाज युएईको पहिलो बैठकले दुबई, सरजाह, आबुधाबी, रसल्खमह, अजमान र अलऐनमा क्षेत्रीय समिति गठन गर्ने निर्णय गरेको छ। आबुधाबि क्षेत्रीय समितिको अधिवेशन गराउनको लागि केन्द्रको तर्फबाट इन्चार्जमा-भगवती तमुस्यो ज्यु र सह-इन्चार्जमा पबित्रा तमुस्यो ज्यु, दुबई सारजाह क्षेत्रीय तदर्थ समिति गठन गर्ने केन्द्रको इन्चार्जमा उर्मिला तमुस्यो ज्यु, तदर्थ समितिको संयोजकमा - राजु तमु ज्यु र सह-संयोजकमा –ललिता तमुस्यो ज्युलाई तोकेको छ।
टोप बहादुर बि.क. बचाउ अभियानको लागि तमु समाज युएईले आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ।चयन भएका प्रवक्ता र सदस्यहरुलाई निवर्तमान संरक्षक यम तमु ज्युले सपथ ग्रहण गराउनु भएको थियो ।पहिलो बैठकले आदिवासी जनजाती महासंघको समन्वयमा बुद्ध जयन्ती भव्य साथ मनाउने निर्णय गरेको छ। तमु समाज युएईले तमु समाज युएईको लोगो आकित टिसर्ट बनाउने निर्णय पनि गरेको छ जसको जिम्मा वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमुलाई दिईएको छ l बैठकको अन्तिम समापन अध्यक्ष श्रीमती उषा तमुस्योले गर्नु भएको जानकारी तमु समाज युएईसमाजका प्रवक्ता मान सिङ तमु ले गराउनुभयाे ।



No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages